[Show all top banners]

ANS
Replies to this thread:

More by ANS
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

illuminati

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एमआरपी प्रकरणः तत्काललाई रोक्न सर्वोच्चको आदेश
[VIEWED 5519 TIMES]
SAVE! for ease of future access.
Posted on 04-07-10 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from ekantipur.com today's news:

एमआरपी प्रकरणः तत्काललाई रोक्न सर्वोच्चको आदेश/साँसदहरुद्वारा चर्को बिरो

सरकारले सार्वजनिक खरिदको नियम पालन नगरी र संसदको सार्वजनिक लेखा समितिको निर्देशनसमेत उल्लंघन गर्दै भारतसँग एमआरपी मुद्रणसम्बन्धी सम्झौता गरेको थियो । निर्णय र सम्झौता रद्दको माग गर्दै अधिवक्ता हेममणि सुवेदी र सिन्धुपाल्चोकका नरबहादुर केसीले मंगलबार छुट्टाछुट्टै रिट हालेका थिए । रिटको विषयवस्तु सार्वजनिक महत्त्वको भएकाले सर्वोच्चले अग्राधिकार प्रदान गरी हेरेको थियो ।

चैत ३ मा प्रस्ताव तयार गरेर त्यसै दिन परराष्ट्रमन्त्रीले स्वीकृति जनाई मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको र चैत ६ गते मन्त्रिपरिषदबाट 'भारत सरकारसँग द्विपक्षीय समझदारी गरी आवश्यकताअनुरूप छपाउने र यससम्बन्धी समझदारी पत्रमा परराष्ट्र मन्त्रालयका सचिवले हस्ताक्षर गर्ने' भनी मन्त्रिपरिषदबाट निर्णय गरेको रिटमा उल्लेख छ ।

एमआरपी छाप्न कम मूल्य 'कोट' गर्ने अरू प्रतिस्पर्धी हुँदाहुंदै परराष्ट्र मन्त्रालय र भारतको सेक्युरिटी पि्रटिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (एसपीएमसीआईएल) बीच चैत १० मा प्रतिराहदानी चार अमेरिकी डलरमा छपाउन दिने गरी सम्झौता गरिएको थियो ।

रिटमा प्रधानमन्त्री माधवकुमार नेपाल तथा मन्त्रिपरिषदको कार्यालय, उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, परराष्ट्र मन्त्रालय र त्यसका सचिव मदनकुमार भट्टराई विपक्षी बनाइएका छन् । निवेदकहरूका तर्फबाट अधिवक्ताहरू राघवलाल वैद्य, शम्भु थापा, कृष्ण सापकोटा, पूर्णप्रसाद राजवंशी, बल्लभ बस्नेत, राजुराम भण्डारी, स्वयम्भू शाक्य, विजयराज शाक्य, रविन बिडारी, कमलेश द्विवेदी, रामजी बिष्ट, ध्रुवप्रसाद चौलागाइ, मधुकृष्ण श्रेष्ठ र रामनारायण बिडारीले बहस गरेका थिए ।

एमआरपी खरिदमा सरकार जबर्जस्ती अगाडि बढेपछि त्यसको विरोध हुँदै आएको छ । यस विषयमा निर्णय गर्न लेखा समितिको बैठक बिहीबार पनि बस्दैछ । गत सोमबार समितिको बैठकमा प्रधानमन्त्री नेपालले राजनीतिक र कूटनीतिक दबाबका कारण भारतलाई एमआरपी छाप्न दिनुपरेको बताएका थिए । बिहीबारै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिमा पनि प्रधानमन्त्रीलाई एमआरपी प्रकरणबारे स्पष्टीकरण दिन बोलाइएको छ ।

संसदमा पनि कुरा उठ्यो

बुधबार संसद बैठकमा सभासदहरूले एमआरपी खरिद प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । उनीहरूले संसदीय समितिको निर्देशन उल्लंघन गरेर अगाडि बढेकामा सरकारको तीव्र आलोचना गरे । 'भारतलाई एमआरपी छाप्न दिँदा राष्ट्रिय सुरक्षा हनन हुन्छ,' सभासद यदुवंश झाले भने, 'यो गल्ती तत्काल सच्याउनुपर्छ ।' 

सभासद भीमप्रसाद गौतमले कूटनीतिक र राजनीतिक कारणले भारतलाई खरिद गर्न दिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मुलुकको आन्तरिक विषयमा कूटनीतिक दबाब पर्नु गम्भीर भएको उनको भनाई थियो । माओवादी सभासद राजकाजी महर्जनले राजनीतिक रूपमा संसदीय समितिको अपमान गरेको बताए । उनले पनि निर्णय र सम्झौता फिर्ताको माग गरे ।

 


 
Posted on 04-07-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी भ्रस्टचारी र भारतिय दलाल  माकुने र कुजाता लाई त कार्वाही नै गर्नु पर्ने हो, जेल नेल गर्नु पर्छ .


 
Posted on 04-07-10 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo vate passport pani hamro nati haru ko pala vanda agadi chai aula jasto lagena. hamro desh ma passport nai chaina vanera greencard lina milcha hola bandu ho.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
H1B
EAD Filing
Tps decision coming or not nov 18
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters