[Show all top banners]

sijupanta

More by sijupanta
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "Buba" I miss You!
[VIEWED 5606 TIMES]
SAVE! for ease of future access.
Posted on 05-17-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा भरत काका

मञ्जु का“चुली

गत वैशाख १८ मा कवि भरतराज पन्तको ७९ वर्षो उमेरमा पुस्तक पढ्दा-पढ्दै निधन भयो । विशेष गरेर काव्यिक/छन्द लेखनमा प्रयोगवादी धारामा कलम चलाइरहने होनहार कविलाई गुमायौं, हामीले । उहा“ले साहित्यका विभिन्न विधामा कलम चलाउनुभयो र पनि छन्दमा लेख्ने कविका रूपमै विशेष ख्याति कमाउनुभयो । एक दर्जनभन्दा बढी कृति नेपाली साहित्यलाई प्रदान गरेर पार्थिव शरीरलाई यही माटोमा बिसाउनुभयो । मानिस शरीरमा होइन, उसले आर्जन गरेको कर्ममा बा“च्छ भन्ने सावित गरेर जानुभयो । हामी दिदीबहिनी उहा“लाई भरत काका भन्ने गथ्र्यौं । उहा“ हामीलाई नानीहरू भन्ने गर्नुहुन्थ्यो । एउटा साहित्यकारको अर्को साहित्यकारस“गको आस्थाचाहि“

उमेर, लिङ्ग, स्थान, सम्बन्ध आदिका सिक्रीलाई नाघेर अर्कै उच्चस्थानमा कायम हु“दोरहेछ ।

काकाले जिन्दगीलाई अत्यन्त सहज प्रक्रियामा आत्मस्वीकार गर्नुभयो । उहा“ले आफ्ना दुःखपीडा, संर्घष्ा, वियोग आदिका दुःखान्त घटनालाई काव्यमा रूपान्तरण गर्नुभयो । नेपाली साहित्यलाई महत्त्वपर्ूण्ा योगदान दि“दै जनताका हृदयमा अमिट छाप छाडेर बित्नुभयो । काकाको अनुहार कान्तिपुरको समाचारमा र श्रद्धाञ्जलीको मुन्तिर देख्दा म छानाबाट खसेझैं भए“ । र बिस्तार-बिस्तार मलाई डिल्लीबजारको जन्मघर र उहा“को उपस्थितिको सम्झना आयो । भर्खरर्-भर्खर कलेज पढ्दा अंग्रेजी र नेपाली साहित्यले कलिलो मस्तिष्कमा अलौकिक प्रभाव पारेका बेला पत्रपत्रिका र साहित्यिक गफगाफ रोमाञ्चकारी लाग्थ्या, मलाई । असीमित प्रतिभाका धनी काकाका साहित्यिक कुरा म चाख मानेर सुन्थे“ । विशेष गरेर साहित्यका उपाख्यानहरूको वर्ण्र्ाा आफ्ना र अरूका लामा-लामा कविता कण्ठ गरेर किताब नहेरेरै भन्नसक्ने क्षमता, एकचोटी पढेपछि स्मरणमा रहिरहने तिखो स्मरणशक्ति सधैं ह“सिलो, फर्ुर्तिलो वाणी र अनुहार काकाका व्यक्तित्वका महत्त्वपर्ूण्ा पाटा थिए ।

उहा“ साधारण मानिस पटक्कै होइन । अतुलनीय प्रतिभा, लोकप्रियता र जिउने कलाले उहा“लाई असाधारण बनाएको थियो । आफ्ना पर्ूववर्ती अनेक साहित्यकारका त्यति लामा-लामा श्लोक कसरी सम्झन सक्नुभएको होला भनेर मलाई आर्श्चर्य लाग्थ्यो । जिन्दगीका कठोर आघात क्रमशः पत्नी वियोग र दर्ुइ छोराको वियोगलाई सहेर निष्ठुर संसारको अमानवीय नियतिल्ााई आत्मसात गर्दै जिउन सक्नुलाई भगवानले उहा“लाई मृत्यु र वियोगजस्ता अकाट्य सत्य सहनसक्ने शक्ति प्रदान गरेर कर्मयोगी दार्शनिक बनाएका हुन् । जस्तोसुकै, जटिल, दुःख र त्रासदीका अवस्थास“ग पनि लड्नसक्ने उहा“स“ग बलियो र धारिलो हतियार थियो, जसले उहा“लाई उनासी वर्षो उमेरसम्म कर्मयोगी दार्शनिकजस्तो गरी समाजमा हि“डायो, डुलायो, व्यस्त गरायो र बितेपछि पनि कालान्तरसम्म जिउने गरायो । त्यो हतियार साहित्य हो । सायद काव्य चिन्तन, लेखन, समाजमा घुलमेल, प्राज्ञिक व्यस्तताले उहा“लाई जिन्दगीबाट विचलित हुनबाट जोगायो । छोराको वियोगमा उहा“ले लेख्नुभएको शोककाव्य अतुलनीय योगदान हुनपुगेको छ । समाजमा जन्मे-हर्ुर्केपछि दुःख र सुख त सबैलाई आर्इपर्छन् । तर दुःख र पीडालाई जितेर तिनीहरूलाई सिर्जनामा जसले सहज र सफल रूपान्तरण गर्न सक्यो, उसैको कर्ीर्ति कालान्तरसम्म अतुलनीय हुन गयो । उहा“को आन्तरिक ताकत सकारात्मक सोच थियो, जसले उहा“लाई जिन्दगीमा साहित्यसेवा गरेर जीवन जिउने कलामा अग्रसर गरायो ।

बीसको दशकको सुरु तिरका कुरा हुन् । काकाले जब आफ्ना भर्खरै लेखिएका नया“ रचना सुनाउन लाग्नुहुन्थ्यो, हाम्रा दाइ -मर्ूधन्य साहित्यकार भीमनिधि तिवारी), हाम्री भावु -आमा कलाकार, ललितकला) भुवनेश्वरी तिवारी, दिदी डा बेञ्जु शर्मा र भाइहरू क्रमशः नीरञ्जन र निकुञ्ज गरी सबै स्तब्ध भएर सुन्ने गथ्र्यौं । उहा“मा लेख्नेमात्र होइन, पाठ गर्ने कला पनि आकर्ष थियो । पाठ गर्ने शैलीमा नाटकीयता, श्रुतिपधुरता, श्रोताको ध्यानाकर्षा गर्ने क्षमता र ह“सिलो बोली समाहित हुन्थ्यो । वाणी, हावभाव, रचनाको गाम्भर्ीय अर्थ आदिले काकाको काव्यिक व्यक्तित्व उद्घाटित गरिरहेको हुन्थ्यो । हामी त सुन्थ्यौं मात्र र कहिले-कहिले आक्कल-झुक्कल सानातिना प्रश्न गथ्र्यौं । हामी दर्ुइ दिदीबहिनी पनि आफ्ना रचना सुनाउने गथ्र्यौं र साथै हाम्रा पूजनीय पिता तिवारी पनि । भरत काकाको उपस्थितिमा हाम्रो घरमा एउटा साहित्यिक माहोल जम्ने गथ्र्यो । उहा“ आउने थाहा पाएपछि म आफूलाई लागेको आफ्नो उत्कृष्ट कविता सुनाउन रोज्न र बटुल्न थाल्थे“ । साहित्यको स्वाद पढ्नमा मात्र होइन, सानो वा ठूलो साहित्यिक गोष्ठी/माहोलमा पनि म अत्यधिक मनोरञ्जन/आनन्द पाउने गर्थें । प्रायः ती सबै ठाउ“मा काकाका आवाज/स्वर सुन्ने गर्थें ।

२०२० मा साहित्यकार भीमनिधि तिवारीको जीवनकालमै उहा“द्वारा स्थापना भएको तिवारी साहित्य समितिमा काकाको संलग्नता थियो । त्यतिबेला अध्यक्षचाहि“ प्रा जगन्नाथ शर्मा त्रिपाठी हुनुहुन्थ्यो । त्यतिबेलादेखि पारिवारिक सबन्धलाई पनि नाघेर काकास“गको हाम्रो सम्बन्ध साहित्यिक सम्बन्ध बनेर ज्यादै प्रगाढ र व्यापक बनेको थियो । पूजनीय पिता तिवारीको निधनपछि त्यो माहोल त्यसै हरायो, तर पनि पत्रपत्रिका र अनेकौं पुस्तक आकार र र्सार्वजनिक साहित्यिक माहोलमा काकाको उत्कृष्ट उपस्थिति कायमै रह्यो । छन्दमा विम्बका नया“ प्रयोग, भाषिक शिल्पको उच्चतम परिमार्जन, अलंकारको उचित समायोजन र उत्कृष्ट विचार भावको सम्मिश्रण आदि गुणहरूले उहा“का काव्य विभूषित छन् । मुलुक र माटोलाई धेरै माया गर्ने तथा पुख्र्यौली थलोलाई परिचयको पहिचान ठान्ने पन्तलाई नेपाली साहित्यको इतिहासले पाउ“दा हामी जोकोही साहित्यकारका लागि गौरवको विषय बनेको छ । उहा“को योगदानलाई जनताले निर्वाध रूपमा स्वीकारेका छन् । प्रशंसा गरेका छन् र नेपाल सरकारले उहा“जस्ता एक विद्वान, कर्मठ, सक्रिय उच्चकोटीका साहित्यकारलाई उचित मूल्यांकन गरेर कदर गर्न नसकेकामा खेद लाग्ोको छ । काम गरेर जानेको योगदानलाई कुनै सरकारले बेवास्ता गरेर के गर्नु - 'सिर्जना र प्रतिभाको पहिचान त्यतिबेला हुन्छ, युगले जब पारख गर्छ, का“च र हीरा छुट्टन्िछ ।' काकाले कविता सुनाउनुभएपछि पिता तिवारीले सुनाउनुभएको कविताको यो अंश मलाई फेरि पनि याद भयो । अर्को संसार पनि विश्वमा छ भने त्यस संसारमा पुगेर दाइलाई आफ्ना धेरै नया“ कविता सुनाउनुहोस् है भरत काका - म पनि प...छि आउ“दै गरु“ला । फेरि कविताको त्यस्तै माहोल जमाऔंला । यो अविरल यात्रा नया“ पुस्ताबाट अरू नया“ पुस्तामा काव्यिक धारा भएर अविरल बगिरहोस् । नश्वर शरीरको अवशेष नरहे पनि कविता बा“चिरहोस् । यिनै शब्दका फूलले म काकालाई श्रद्धाञ्जली अर्पण गर्छर्ुु

Posted on: 2008-05-16 19:13:46

 Dhukhi Prani =siju=Bharat Raj Panta's Natini

Source http://www.kantipuronline.com/kolnepalinews.php?&nid=147187


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters