[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता
[VIEWED 2979 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-13 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 US Open तथा Juinor International Cup 2013” मा नेपाललाई भारी सफलता


 

बिश्व कराते महासंघ अन्तरगत (US Natioanl Karate Do Federation )अमेरिकी राष्ट्रीय कराते महासंघको  आयोजनामा हरेक बर्ष अमेरिकाको लास भेगाश सहरमा संचालन  गरिने बिश्व स्तरको कराते प्रतियोगिता ” US Open तथा Junior International Cup 2013”  यस बर्ष पनी गत २८ मार्च देखि ३१ मार्च 2013  सम्म लास भेगाश पेरिस होटलको कन्भेन्सन हलमा लगातार ४ दिन , बिहान ७:३० देखि वेलुकी ८:०० बजे सम्म १२ वटा तातामीमा  संचालन गरि प्रतियोगिता  भब्यताका साथ सम्पन्न  भयो  l 

 

उक्त प्रतियोगितामा बिश्वका ४५ भन्दा बढी राष्ट्रहरुको २५०० भन्दा बढी  विश्व स्तरिय खेलाडीहरुको साथै  प्रशिक्षकहरु र World Karate Federation (WKF) , Pan American Karate Federation (PKF), European Karate Federation (EKF) र USA National Karate Do Federation (USANKF)   को रेफ्री र निर्णायकहरुको सहभागिता रहेको थियो l

 

यस प्रतियोगितामा अमेरिकामा स्थापित एक मात्र नेपाली कराते संस्था International Martial Arts Association NY का प्रमुख प्रशिक्षक शान्त थोकर , सहायक पशिक्षक पर्खी राई र खेलाडी समिर थोकरले नेपालको तर्फबाट सहभागिता जनाएको थियो भने न्युयोर्क निवासी खेलाडी तथा प्रशिक्षक मकेन्द्र बहादुर सिंह  र नेपाल कराते महासंघ बाट आउनुभएको १ जना खेलाडी जनक सिंह खड्का गरि जम्मा ५ जनाले विभिन्न छुट्टा छुट्टै तौल र उमेर समुहमा नेपालको तर्फबाट सहभागी भएको थियो l

 

जसमध्ये ३५ वर्ष माथि उमेर समूह Master Advance Division  मा शान्त थोकरले कातामा कश्य पदक , १८ देखि ३४ वर्ष ७५ KG Advance division  मा समिर थोकरले कुमिते तर्फ कश्य पदक र १८ देखि ३४ वर्ष Beginners Division मा जनक सिंह खड्काले कश्य पदक गरी जम्मा ३ कश्य पदक विजय हासिल गरी राष्ट्रको प्रतिष्ठा उचो राख्न सफल भएको छ l   प्रशिक्षक तथा खेलाडी मकेन्द्र बहादुर सिंह पहिलो खेलमा विजय गरी दोश्रो खेलमा अमेरिकाको खेलाडी संग पराजित भएका थिए भने पर्खी राई ३५ वर्ष माथि काताको Advance division मा  अमेरिकाको खेलाडी संग पराजित भएका थिए l   नेपाली टीमको प्रशिक्षकमा देबेन्द्र अमात्यले नेपाली खेलाडीहरुको सफल प्रशिक्षकको भूमिका निर्बाह गरेका थिए l

 

यसैगरि उक्त अवशरमा आयोजित USA National Karate Do Federation को National Referee & Judge Seminar मा  बिश्व कराते महासंघ (WKF) Referee Council र Referee , Judge हरु USA Karate Federation को Referee Council का अध्यक्ष Alex Miladi , Secretary Fariba Madani , सदस्यहरु  Katsukata Tanaka र Clev Baxter  ले Seminar संचालन गर्नु भएको थियो

 

उक्त सेमीनारमा ५  रेफ्री र एक जना निर्णायकले उत्कृष्ट गर्दै  एतिहांशिक सफलता प्राप्त गर्दै चार दिन सम्म रेफ्री र निर्णायकको सफल भूमिका निर्बाह  गरेका थिए,  यसरी सफल हुने रेफ्रीहरु  क्रमस सरोज भट्टराई, मकेन्द्र  बहादुर सिंह , परखी राई ,देबेन्द्र अमात्य , शान्त थोकर र  निर्णायकमा रत्न शाही रहेका थिए l

 

अमेरिकी र नेपाली करातेको इतिहाँसमा जूनियर अंतराष्ट्रीय प्रतियोगिताको डब्लू के एफ ब्राकेट अन्तरगत १६ र १७ बर्ष समूहका  गरिमामयी खेलका क्वाटर , सेमी र फाइनल खेलमा सरोज भट्टराईले डब्लू के एफ रेफ्री जज प्यानलमा रही उत्कृष्ठ रेफ्रीको  भूमिका निर्बाह गरि देशको मुहार हसाउन सफल रहेका थिए l

 

यसरी रेफ्री र निर्णायकको सफल भूमिका गर्ने  नेपालीहरुले आगामी जुलाई ११ देखि १४ तारीख सम्म साउथ केरोलिनामा यु यस ओलम्पिकको निगरानीमा आयोजनाहुने अमेरिकी राष्ट्रीय प्रतियोगितामा समेत रेफ्रीको भूमिका जिम्मेबारी निर्बाह गर्ने छन  , बिदेशी भूमिमा रही देशको प्रतिष्ठा उच्चाईमा राख्न सफल प्रशिक्षक , खेलाडी , रेफ्री र निर्णायकहरुलाइ हार्दिक हार्दिक बधाई l


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters