[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 बोस्टनमा १०२ औ अन्तर राष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न
[VIEWED 2423 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-13 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                           बोस्टनमा १०२ औ अन्तर राष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न 

 

विजय थापा ,भर्जिनिया ,अमेरिका 

 

अमेरिका ,बोस्टन ,मार्च ९ ,२०१३  का दिन नेपाली महिला आवाज तथा नेपाली महिला विश्व संजाल(एन डब्लु जी एन ) को सयुक्त आयोजनामा १०२ औ अन्तर राष्ट्रिय महिला दिवस भव्यताका साथ बोस्टनमा सम्पन्न गरियो l  बोस्टनमा नेपाली समुदायमा पहिलो पटक महिला दिवस मनाईएको छ l महिला दिवसको मुख्य नारा ' हेरचाह र सहभागी रहनु 'अर्थात् केयारिंग र शेरिंग रहेको थियो l कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गीतबाट सुरु गरिएको थियो भने नेपाली महिला आवाज कि संस्थापक सदश्य डा उषा शर्माले पांच जना संस्थापकहरुको परिचय गराउनु भएको थियो l

 

उक्त कार्यक्रममा नेपाली महिला विश्व संजाल(एन डब्लु जी एन )कि बोस्टन शाखाकी उपाधक्ष्य तथा कवियत्री भारती गौतमले सबैलाई स्वागत गर्नु भएको थियो भने (एन डब्लु जी एन )कि अधक्ष्य रुकमणि कार्कीले कार्यक्रमको उदेश्य र महत्वबारे माथि प्रकाश पर्नु भएको थियो l उक्त कार्यक्रममा विश्व कै उत्कृष्ठ हार्वर्ड बिश्व विद्यालयका प्राध्यापक शिव गौतम तथा बोस्टन स्थित पशुपति प्रतिस्ठान सामुदायिक केन्द्रका अधक्ष्य बिष्णु मणि आचार्यले बोस्टनमा यस्ता महिलाहरु रहकोमा गर्व गर्दै समाजमा महिलाहरुको सफलताको लागि पुरुषले अधिक समर्थन र सहयोगको आवश्यक पर्ने हुनाले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो l 

 

अर्का प्रस्तोता तथा सु -परिचित समाजसेवी तथा एड्वनकि संस्थापक बिष्णु माया परियारले अमेरिकामा महिलाहरुमा हुने घरेलु हिंसाको बारेमा सत्य घटना र अन्य जानकारी गराएकी थिइन l बिष्णु माया परियार एक घरेलु हिंसा सामाजिक कार्यकर्ता पनि भएकोले कैयौ पिडितहरुलाई पुनर्स्थापन गर्न आफुले अहम भूमिका खेलेको र  सहयोग गरेको बारे चर्चा गरेकी थिइन lउनीले अमेरिकामा अस्थाई रुपमा संगै एक छत मुनि बसोबास गर्ने पति पत्नी या अबिबाहित जोडीहरुमा प्रसस्त घरेलु हिंसा पाईएको जानकरी गराईन l बाह्य मुलुकबाट आएका महिलाहरुले अमेरिकाको नागरिक प्राप्त नहुन्जेल सम्म असह्य पिडा र कष्ठ खपी पनि दिनचर्या चलाई रहेका छन् भन्दै यसको मुख्य कारण जोडी या लोग्नेले भौतिक क्षति गर्दा छिमेकि या कसैले प्रहरीलाई उजुरी गरि दिए अमेरिकामा फन्दामा परिने डरले पुरष जातिले महिलालाई अत्यधिक मानसिक तनाब दिने गरेको जानकारी गराईन l महिलाहरु पनि लोग्ने या जोडीको ज्यादती प्रहरीमा उजुरी गरि दियो भने हरियो पत्र खोसी स्वदेश फर्काइ दिन्छ भने डर तथा भयको कारण घरेलु हिंसा बढ्दै गएको जानकारी गराईन l 

 

हालसालै अमेरिकाक राष्ट्रपति बाराक ओबामाले एक ऐतिहसिक महिला हिंसा सम्बधिमा हस्ताक्षर गरि यस्ता आप्रवासनमा रहेका महिलाहरुको पक्षमा पनि दह्रो कानुन बनेको र घरेलु हिंसाबाट पिडितलाई स्वदेश फर्काउनुको बदला झन् शिघ्र स्थाईको बसोबास गरिने व्यवस्थाको चाजो मिलाउने नीतिको घोषणाले फाईदा पुग्ने छ l कार्यक्रम संचालक डा उषा शर्माले गर्नु भएको थियो वहा लै नै कार्यक्रम उपस्थित हुने सबैलाई धन्यबाद ज्ञापन पनि गर्नु भएको थियो l डा मिना सिंह खडाले वक्ताहरुको छोटो परिचय दिदै नेपाली समुदायमा पनि यस्तो घरेलु हिंसामा महिला दिदि बहिनिहरु सिकार भै रहेका छन् भन्नु भयो कार्यक्रममा उत्साह र हौसला जगाउन  नृत्य ,गीत तथा कविता वचन समेतको समिश्रण गरिदै कार्यक्रम समापन गरिएको थियो l

 

कार्यक्रममा प्रतक्ष्य तथा परोक्ष सहयोग गर्नु हुने समाजसेवी ,संघ तथा संस्थाका पदाधिकारीहरुमा जी एन बि सीका अधक्ष्य मिलन गुरुङ लगायत लाई आयोजकको तर्फबाट कृतज्ञता प्रदान गरिएको थियो lयो कार्यक्रमको लागि स्वयम् सेवक रुपमा अक्सना क्षेत्री तथा सुरेंका थापाले दर्तामा उल्लेखनीय सहयोग पुर्याउनु भएको थियो l

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
maga got what they voted for
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
When will Nepali women be equal?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Why Oli must go for the UML to survive?
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters