[Show all top banners]

pawan karki
Replies to this thread:

More by pawan karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विदेशमा लगानीको सजिलो माध्यम हुन्डी
[VIEWED 8200 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-13 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

विदेशमा लगानीको सजिलो माध्यम हुन्डी(http://ekantipur.com/nep/2069/11/28/full-story/364172.html)

सुजित महत

काठमाडौ, फाल्गुन २८ - नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएका कारण बैंकिङ प्रणालीबाट पुँजी लैजान सम्भव नभए पनि हुन्डीबाट रकम बाहिरिने क्रम बढेको छ । राजधानी र बाहिर पनि प्रशस्तै खुलेका हुन्डी कारोबारीले यहाँ रकम बुझाएपछि विदेशमा त्यहींको मुद्रा वा डलर दिने सजिलो सुविधा खुलेयाम दिइरहेका छन् ।२०२१ सालमा जारी विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐनले नेपालीलाई बाहिर लगानी गर्न रोक लगाएको छ । सरकारले राजपत्रमा प्रकाशित गरी कुनै लगानीलाई सर्तसहित अनुमति दिन सक्ने कानुनको प्रावधान भए पनि कसैलाई यस्तो सुविधा दिइएको छैन । कानुन उल्लंघनमा बिगोबमोजिम जरिवाना वा ६ महिना कैद वा दुवै सजायको प्रावधान छ ।     

'यहाँबाट हुन्डीबाट जति पनि पैसा बाहिर लैजान सकिन्छ,' एक उद्यमीले भने, 'बाहिर लगानी गर्ने ठाउँचाहिँ पहिचान गर्न सक्नुपर्‍यो, परिवत्र्य विदेशी विनिमयका लागि राष्ट्र बैंक चाहिँदैन ।' हुन्डी सञ्चालकले बैंकभन्दा बढी कमिसन लिन्छन् । ती व्यवसायीका अनुसार अहिले १ डलर बराबर ९१ रुपैयाँ तिर्ने हो भने हुन्डी कारोबारीले जति पनि पैसा विदेशमा भुक्तानी दिन सक्छन् । यो प्रचलित विनिमय दरभन्दा करिब ३ रुपैयाँ बढी हो । 'हुन्डीकै कारण डीभी पर्ने नेपाली परिवारले यहाँको सम्पत्ति बिक्री गरी अमेरिकामा सजिलै लगानी गर्न सक्छ,' ती व्यवसायीले भने ।

अर्थ मन्त्रालयको अनुमानमा कोरियामा रोजगारी गर्ने नेपालीले गत वर्ष करिब ९ अर्ब रुपैयाँ ज्यालाबापत बुझेका थिए । यसमा करिब डेढ अर्ब रुपैयाँमात्र बैंकिङ प्रणालीबाट यहाँ भित्रिएको थियो । 'रेमिट्यान्सको उल्लेख्य हिस्सा कोरियाबाट हङकङ हुँदै अमेरिकासम्म पुगेको सूचना पाइयो,' अर्थसम्बद्ध स्रोतले भन्यो । कोरियाको रेमिट्यान्सको उल्लेख्य हिस्सामा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा ठूलो ठगी गरे र फरार भएका अभियुक्त पवन कार्कीले कब्जा जमाएको स्रोतको दाबी छ । रेमिट्यान्सबापत मुलुकमा भित्रिनुपर्ने पुँजी बाहिरै कब्जा हुन थालेकाले पनि रेमिट्यान्सको वृद्धिदर घटेको अर्थको अनुमान छ ।

केही अघि वित्तीय कारबाही कार्यदल -एफएटीएफ) को 'फेस टु फेस' कार्यक्रममा हङकङ पुगेको नेपाली प्रतिनिधिमण्डलसँग त्यहाँका नेपालीले यसै विषयमा  अन्तरक्रिया गरेका थिए ।  कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले हङकङमा हुन्डी कारोबार मौलाएको भन्दै नियन्त्रणका लागि तात्न नेपाली समुदायलाई अनुरोध गरेका थिए । 'तर कार्यक्रम आयोजना गर्न सबैभन्दा सक्रिय व्यक्ति त्यहाँको ठूलो हुन्डी कारोबारी रहेछन,' प्रतिनिधिमण्डलका एक अधिकारीले कान्तिपुरसँग भने ।

हुन्डी कारोबारीले परिवत्र्य विदेशी मुद्रा प्राप्त गर्ने अर्को स्रोत विदेशी कम्पनीका नेपालस्थित कमिसन एजेन्टले पाउने रकम हो । यस्ता एजेन्टले कमिसनबापत पाउने रकम विदेशमै खाता खोेलेर राख्छन् । यिनले हुन्डी कारोबारीलाई विदेशी मुद्रा बिक्री गर्छन् । यसबाहेक स्थानीय तहमा विदेशी मुद्रा संकलन गरी बाहिर लैजाने पनि गरिएको छ । साढे चार महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवा करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भयो । विमानस्थलको प्रहरी

सुरक्षा गार्डका प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ संलग्न भएको पाइएपछि जागिरबाट बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

कानुनले रोक लगाए पनि पुँजी पलायन रोक्न नसकिएकाले बरु विदेशमा लगानी गर्न खुला गर्नुपर्ने दबाब पनि बढ्दै गएको छ । विदेशमा फैलिएको व्यापारकै कारण उद्यमी विनोद चौधरी फोब्र्सको अर्बपति सूचीमा अटाउने पहिलो नेपाली बनिसकेका छन् । चौधरी त दक्षिण एसियाका भारत, श्रीलंका, माल्दिभ्सबाट व्यवसाय विस्तार गर्दै थाइल्यान्ड, मलेसिया हुँदै अमेरिकासम्म पुगिसके पनि उनले दुई गैरआवासीय नेपाली छोराहरूको आर्जनले व्यापार विस्तार भएको बताइरहेका छन् ।



 
Posted on 03-27-13 12:26 AM     [Snapshot: 415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै indirect advertise गरेको हुण्डीको ब्यबशाय बढ्छकिभनेर कसैले बालै दिएन बा॥
 
 

 
Posted on 03-27-13 2:53 PM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 We get it - Pawan Karki is a con artist who managed to dupe a lot of people! Now get over it and come up with something new instead of sounding like a broken record. This shit is getting quite annoying. 
 
Posted on 04-04-13 4:31 AM     [Snapshot: 854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Diddle, sorry Riddle. But u seem to me like a diddle. If this is a shit for u, u can eat and vomit. OK
 
Posted on 04-04-13 11:53 AM     [Snapshot: 958]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Riddle you are right.
I think  this guy has  lost his last marvel, therefore reposting againg  and again.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters