[Show all top banners]

MR_TRUTH

More by MR_TRUTH
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 No Wonder
[VIEWED 4921 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why there are so many bandh, chakkajam, tire burning?

 

कसरी चल्छ विद्यार्थी नेताको खर्च ?

भवानीश्वर गौतम/नयाँ पत्रिका

काठमाडौं, ३१ जेठ

देश हाँक्ने लक्ष्य बोकेका विद्यार्थी नेताहरूलाई अहिले आफ्नो घर-परिवार हाँक्न धौ-धौ परेको छ । कुनै आयमूलक व्यवसाय वा नियमित आम्दानीको स्रोत नहुनाले घरखर्च जुटाउने समस्याले उनीहरूलाई सताइरहन्छ ।

काठमाडौंमा डेरा लिएर बस्ने धेरैजसो विद्यार्थी नेताले आफ्नो कोठाभाडा नियमित बुझाउन सक्दैनन् । केहीले महिनौंसम्म भाडा नतिरी बसेका छन् भने केहीले साथीभाइसित सरसापट लिएर काम चलाएका छन् । राष्ट्रिय स्तरमा नाम कमाएका विद्यार्थी नेताहरूको खानपान र जीवनशैली औसत मात्रै छ ।

अनेरास्ववियुका अध्यक्ष ठाकुर गैरे १६ सय भाडा तिरेर कोठामा बस्छन् । त्यही भाडा जुटाउन पनि उनले साथीभाइको मुख ताक्नुपर्ने उनको भनाइ छ । 'हिजो संगठनमा बसेर काम गरेका र अहिले व्यापारमा लागेका साथीहरूले कोठाभाडा तिरिदिनुहुन्छ,' गैरेले भने, 'अहिले भतिजसँगै बस्न थालेको छु, उसले जागिर गर्ने भएकाले अलि हलुका भएको छ ।'

गैरेसित कोठाभाडा तिर्ने पैसा मात्र होइन घरायसी प्रयोग र आधारभूत सुविधाका सामानहरू पनि पर्याप्त छैनन् । कोठामा एउटा खाट र प्लास्टिकको कार्पेट मात्र छ । टेलिभिजनलगायतका कुनै पनि विद्युतीय सामग्री छैनन् । खाना पकाउने सामान पनि पर्याप्त छैनन् ।

गैरेको मोबाइलमा मात्र मासिक दुई हजारजति खर्च हुन्छ । मोबाइल खर्च कसरी जुटाउनुहुन्छ भन्ने जिज्ञासामा उनले भने, 'कार्यक्रमका लागि बढी खर्च हुने भएकाले प्रायः आफूले तिर्नुपर्दैन ।' कार्यकर्तालाई चिया-खाजा खुवाउन नसक्ने उनी बताउँछन् ।

गैरेका श्रीमती, एक छोरा र एक छोरी छन् । 'घर-परिवार चलाउने जिम्मा श्रीमतीको टाउकोमा छ, मेरो टाउकोमा अनेरास्ववियु चलाउने,' उनले भने । पाल्पा स्थायी घर भएका गैरेकी श्रीमतीले जागिर गरेर बालबच्चा पढाउने काम गरेकी छिन् । उनका चार दाजुभाइ छुट्टएिर बसेका छन् ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष्ा लेखनाथ न्यौपाने पनि आफूलाई कोठाभाडाको समस्याले पिरोलेको बताउँछन् । उनले ६ महिनादेखि कोठाभाडा तिर्न सकेका छैनन् । उनको दुईवटा कोठा र एउटा किचेन छ । भाडा ३५ सय छ । मोबाइलमा मासिक २५ सयको हाराहारीमा खर्च हुन्छ ।

खानपान धेरैजसो बाहिर कार्यक्रममा हुने भएकाले कोठामा मासिक दुई/तीन हजारले खानाखर्च पुग्ने गरेको उनले बताए । आफू र श्रीमती दुवैजना पार्टीमा लागेकाले कोठाभाडा तिर्न समस्या भएको न्यौपानेको भनाइ छ । उनले भने, 'मैले अलिअलि पुस्तक लेख्ने भएकाले भात खान पुगेको छ, तर नियमित आम्दानीको स्रोत नहुदा ६ महिनासम्म कोठाभाडा तिरेको छैन ।'

उनी बस्ने घरका घरबेटी पनि माओवादी पार्टीका सदस्य भएकाले भाडाका लागि धेरै दबाब दिँदैनन् । न्यौपाने भन्छन्, 'मलाई केबुल लाइन जोडेको, पानी र बत्तीको पैसा तिर्नुपर्दैन ।' आफ्नो व्यक्तिगत सम्पत्ति नभएकाले भाडा संगठनले तिरिदिन्छ कि भन्ने आशामा छन् उनी । उनले भने, 'दिनरात राजनीतिमा लागेपछि त्यो पार्टी-संगठनले सोच्नुपर्छ ।' न्यौपानेको कोठामा टिभी, कम्प्युटरलगायतका सामग्री छन् भने फोन तथा पेट्रोलखर्च संगठनबाटै मिलाइएको हुन्छ ।

न्यौपानेको स्थायी घर गोरखा हो । लेखनाथ चार भाइमध्येका माइला हुन् । उनको परिवार किसानी हो । पैसा नआए पनि घरबाट कोही काठमाडौं आउँदा चामल, आलुलगायतका सामग्री ल्याइदिने गरेका छन् ।

नेविसंघका अध्यक्ष प्रदीप पौडेलको काठमाडौंमा पनि घर छ । पौडेलको मोबाइल खर्च सामान्यतः मासिक २५ सय हुन्छ । कार्यकर्ताको चियापानमा मासिक चार/पाँच हजार खर्च गर्छन् । पौडेलले आफ्नो खर्चका लागि दाजुले अमेरिकाबाट मासिक डेढ सय डलर (करिब १० हजार नेपाली) पठाइदिने गरेको बताए । उनका दाजु-भाउजू अमेरिकामा छन् । 'अहिले दाइबाट राम्रो सपोर्ट भएको छ,' व्यवहारका बारेमा बुझ्न खोज्दा अध्यक्ष पौडेलले भने, 'काठमाडौंमा घर भएकाले खानबस्न कुनै समस्या छैन, संगठनको कामले हिँडेको बेला सबै सहयोग हुन्छ ।'

नेविसंघका निवर्तमान अध्यक्ष कल्याण गुरुङको स्थायी घर महोत्तरी हो । उनको मासिक १० हजारजति खर्च हुने गरेको छ । कल्याण गुरुङको कोठाभाडा तीन हजार छ । मोबाइल खर्च मासिक एक हजारमात्र हुने उनले बताए । मासिक खाजाखर्च एक हजार र खानाखर्च तीन हजारले पुग्ने गुरुङले बताए । उनले भने, 'अध्यक्ष हुँदा त धेरै खर्च हुन्थ्यो, आजभोलि खासै खर्च हुँदैन ।' उनी भन्छन्, 'लेख र अनुसन्धानका कामबाट खाना, यताउताको खर्च जुटाउँछु, कोठाभाडा भाइले तिर्छ ।' तीन भाइमध्ये उनी जेठा हुन् । उनका माइला भाइ खेती-किसानी र कान्छा भाइ काठमाडौंमा पढाउने काम गर्छन् ।

अनेरास्ववियुका महासचिव गोकुल घर्ती भने समस्या सुनाउँछन् । घर्तीको स्थायी घर रोल्पा हो । उनको परिवार पनि सामान्य खेती-किसानीमै चलेको छ । घरमा पाँचजनाको परिवार छ । एउटी बहिनीसँगै उनी काठमाडौंमा बसेका छन् । उनलाई छुट्टै खर्च आउँदैन, तर बहिनीलाई आएको खर्चले केही सहायता मिलेको छ उनलाई । घर्ती मासिक १२ सयको कोठामा बसेका छन् । उनको मोबाइलमा मासिक एक हजार खर्च हुने बताए । चिया/खाजा प्रायः अरू साथी तथा कार्यकर्ताले खुवाउने भएकाले आफ्नो पाँच सयजति मात्र खर्च हुने घर्तीले बताए । १५ सयले एक महिना खाना खर्च पुग्ने उनले दाबी गरे । 'मसँगै पढेका साथीहरू विभिन्न संघसंस्थामा छन्, उनीहरू मेरो कोठामा आएको बेला पाँच/छ हजार सहयोग दिन्छन् र अलिकति बहिनीका लागि घरबाट आउँछ । त्यसैले दुई/तीन महिना पुग्छ,' घर्तीले थपे, 'तर म मुख फोरेर माग्दिनँ ।' उनले कोठामा टिभी राखेका छैनन् । टेलिभिजन प्रायः नहेर्ने घर्तीले बताए ।

अनेरास्ववियुकी उपाध्यक्ष्ा रामकुमारी झाँक्रीलाई पनि समयसमयमा धेरै समस्या आइपरेका छन् । झाँक्रीको स्थायी घर गुल्मी हो । काठमाडौंमा झाँक्री भाउजू, भतिज र दिदीका छोराछोरी गरी १० जनाको समूहमा एउटा फ्ल्याटमा बस्छिन् । फ्ल्याटको भाडा पाँच हजार छ । उनीसँगै बस्ने अरू पाँचको सामान्य जागिर पनि छ । पाँचजनाको आम्दानीले दसजनालाई खान-बस्न पुगेको छ । 'कोठाभाडा तिर्नु परेको छैन तर ठूलो समूहमा बस्दा धेरै समस्या छ,' झाँक्री भन्छिन्, 'पैसा नभएर कहिले चामल किन्न समस्या हुन्छ, कति दिन गाडी चढ्न समस्या हुन्छ, कहिले त हप्तौंसम्म मोबाइलमा रिचार्ज गर्न सकिन्न ।' आफ्नो आम्दानीको स्रोत छैन तर विदेशमा रहेका दाइबाट अन्य खर्चमा सहयोग गर्ने गरेको झाँक्रीले बताइन् ।

क्रान्तिकारीका महासचिव हिमाल शर्मालाई काठमाडौंमा बस्न अप्ठ्यारो छैन । फोन र पेट्रोलखर्च संगठनबाट उपलब्ध हुन्छ, घरखर्च श्रीमतीले चलाउँछिन् । श्रीमती जागिर खाने हुनाले कोठाभाडा तिर्न र खानका लागि त्यति समस्या छैन । महासचिव शर्माले भने, 'श्रीमतीको तलबले केही सहयोग पुग्छ, कहिलेकाहीँ आवश्यक परेमा घरबाट पनि ल्याउँछु ।' परिवारले धेरै सहयोग गरेकाले २२ वर्षे राजनीतिक यात्रा अगाडि बढाइरहेको शर्माले बताए । उनको स्थायी घर बाग्लुङ हो । उनका भाइबुहारी व्यापारमा लागेका छन् भने बुबा-आमा किसान हुन् । दाल, चामल, घ्यू घरबाट ल्याउने गरेका छन् । हिमाल शर्माको दुई कोठा र एक किचेनको भाडा ३५ सय छ । मोबाइल खर्च मासिक १५ सय हुन्छ । खाजामा बढीमा १५ सय खर्च हुने उनले बताए । खानाखर्च कति हुन्छ उनलाई नै थाहा छैन । टेलिफोन र पेट्रोलखर्च संगठनले दिन्छ ।

माले निकट अनेरास्ववियुका अध्यक्ष ओमप्रसाद अर्यालको आम्दानीको स्रोत नभए पनि मासिक १० हजारजति खर्च गर्छन् । सापटी ल्याएर खर्च चलाउँदा हैरान भएका छन् उनी । घरबाट खर्च ल्याएर राजनीति गर्ने स्थिति पनि छैन उनको । कोठाभाडा १४ सय छ । सामान्यतः उनको मोबाइल खर्च मासिक दुई हजार हुन्छ । कार्यकर्ता तथा साथीहरूलाई चियाखाजामा तीन हजारजति मासिक खर्च गर्छन् । र, खानामा तीन/चार हजार खर्च हुने उनले बताए । अर्यालले भने, 'सानैदेखि राजनीतिमा लागँ । घरको धेरै सम्पत्ति खर्च गरियो । अहिले साथीभाइसँग सापटी लिएर खर्च चलाएको छु, अरू संगठनमा जस्तो हाम्रो संगठनमा चन्दा पनि आउँदैन ।'

स्थायी घर गुल्मी भएका अर्यालका वृद्ध आमाबुबा छन् । दाजु-भाउजू र तिनका दुईजना बच्चा र एक बहिनी छन् । भाउजू प्रावि तहमा पढाउँछिन् । अध्यक्ष अर्याल भन्छन्, 'अर्को महिनाको भाडा तिर्न साथीलाई एक महिनापछि पाँच/छ हजार खोज्दिनु भनेको छु ।'

नेविसंघकी महामन्त्री प्रतिमा गौतमलाई भने पैसाको चिन्ता छैन । नेत्री गौतमको घर काठमाडौंमै भएकाले उनलाई कोठाभाडा, खानाको कुनै चिन्ता छैन । खाजालगायतमा दैनिक औसत ५ सय खर्च गर्छिन् उनी । घर-अफिसमा फोनको सुविधा भएकाले मोबाइल खर्च मासिक एक हजार मात्र हुने गरेको उनले बताइन् । उनका बाबुआमा तथा दाजु-भाउजू र भाइसमेत रोजगार छन् । उनी भन्छिन्, 'अहिलेसम्म परिवारमै आश्रति भएर राजनीति गरेकी छु ।' खानबस्नको त समस्या नै छैन । उनी भन्छिन्, 'मलाई आवश्यक परे दिनको दुई सयदेखि दस हजार पनि परिवारबाट पाउँछु ।'

Last edited: 24-Jun-08 12:11 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
A legit Non-Profit organization "United For TPS Nepal "
Business Ideas in Nepal?
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters