timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 yehi ho mero desh
[VIEWED 5344 TIMES]
SAVE! for ease of future access.
Posted on 10-28-10 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एआइजीमाथिको कारबाही रोक्न मन्त्रीहरू सक्रिय





Font size:
Decrease font
Enlarge font





image




उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मन्त्रीहरु प्रकाशशरण महत, बालकृष्ण खाँण र मिनेन्द्र रिजालको दबाबले प्रधानमन्त्री अनिणिर्त




नयाँ पत्रिका


काठमाडौं, १० कात्तिक


प्रहरी
अतिरिक्त महानिरीक्षक (एआइजी) कल्याणकुमार तिमिल्सिनालाई बर्खास्त गर्न
गृह मन्त्रालयले पेस गरेको प्रतिवेदन दुई महिनादेखि मन्त्रिपरिषद्मा
अलपत्र छ 
अपहरण र लुटपाटजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोप लागेका
तिमिल्सिनालाई संरक्षण गर्न उपप्रधानमन्त्री र मन्त्रीहरू नै लागेको
स्रोतको भनाइ छ 


गृह
मन्त्रालयले गठन गरेको छानबिन समितिको सिफारिसमा एआइजी तिमिल्सिनालाई
बरखास्त गर्न प्रस्ताव गरे पनि उपप्रधानमन्त्री विजयकुमार गच्छदार र केही
मन्त्रीका कारण उनीमाथि कारबाही हुन सकेको छैन 
स्रोतका अनुसार मन्त्रीहरू बालकृष्ण खाँड, डा. प्रकाशशरण महत र डा.
मिनेन्द्र रिजालले तिमिल्सिनामाथिको कारबाही अगाडि नबढाउन दबाब दिएका छन् 


उपप्रधानमन्त्री र मन्त्रीहरूको दबाबपछि प्रधानमन्त्री माधवकुमार नेपालले सो प्रस्तावमाथि निर्णय गर्न रोकेका छन् 
स्रेातका अनुसार दुई महिनाअघि नै पेस भएको सो फाइल मुख्य सचिव माधव
घिमिरेले सोमबारको मन्त्रिपरिषद् बैठकमा निर्णयार्थ पेस गरेका थिए 


महानगरीय
प्रहरी आयुक्तको कार्यालय-प्रमुख रहँदा तिमिल्सिना व्यापारी अपरहण, लुटपाट
र तस्करीमा प्रत्यक्ष संलग्न रहेको ठहर गर्दै गृहले उनलाई बर्खास्त गर्ने
निर्णयसहितको प्रस्ताव गत भदौमा नै मन्त्रिपरिषद्मा पेस गरेको थियो । तर, प्रतिवेदन आएको दुई महिनापछि निर्णयार्थ पेस हुँदा पनि मन्त्रिपरिषद्ले कुनै निर्णय गर्न सकेन 


तिमिल्सिना
अपहरण, लुटपाटलगायतका घटनामा संलग्न भएको खुलासा भएपछि प्रहरी प्रधान
कार्यालयले गत माघमा अपराध अनुसन्धान विभागका अतिरिक्त प्रहरी महानिरीक्षक
(एआइजी) राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा समिति नै गठन गरी छानबिन
गरेको थियो 
समितिले तिमिल्सिना लुटपाट र अपहरणको घटनामा संलग्न भएको भन्दै कारबाही
गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन महानिरीक्षक रमेश चन्दलाई बुझाएको थियो 


प्रधान
कार्यालयले तिमिल्सिनालाई दोषी ठहर गर्दै आवश्यक कारबाहीका लागि सिफारिस
पठाएपछि गृह मन्त्रालयले अन्तिम छानबिन गर्न मन्त्रालयका सहसचिव
रुद्रकुमार श्रेष्ठको संयोजकत्वमा अनुसन्धान विभागका डिएसपी गणेश अधिकारी
र मन्त्रालयका कानुन उपसचिव खिमानन्द भुसाल सदस्य रहेको तीन सदस्यीय
छानबिन समिति गठन गरेको थियो । समितिले पनि तिमिल्सिना दोषी नै भएको किटान गरी प्रतिवेदन तयार गरेपछि गृह मन्त्रालय उनलाई बर्खास्त गर्नुपर्ने ठहरमा पुगेको थियो 


एआइजी तिमिल्सिनाले प्रहरीहरू रामकुमार श्रेष्ठ र अर्का एक प्रहरीलाई प्रयोग गरी चिनियाँ व्यापारी सोनामसँग तीन लाख डलर लुटाएका थिए । त्यसरी लुटिएको डलर पछि उनले गायब पारेका थिए 


त्यसैगरी,
उनले आफ्ना विराटनगरका एक साथी हरि अग्रवाललाई प्रयोग गरी व्यापारी सञ्जय
सुरेखाको अपहरण गर्न लगाएर फिरौती रकम असुलेका थिए । तिमिल्सिना हाल प्रहरी प्रशिक्षण तालिम केन्द्रमा कार्यरत छन् 


मन्त्रिपरिषद्का
यसअघिका बैठकमा पनि तिमिल्सिनामाथिको बर्खास्तगीको प्रस्तावसहितको फाइल
पटक-पटक राख्ने प्रयास गरिए पनि कांग्रेसका केही प्रभावशाली नेता र
मन्त्रीको दबाबका कारण मन्त्रिपरिषद् बैठकमा सोसम्बन्धी फाइल पेस हुन
सकेको थिएन 


तिमिल्सिनालेे
अनियमितता र अपराध गरेको समाचार पटक-पटक सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि
र प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालद्वारा गठित छानबिन समितिले
समेत तिमिल्सिनालाई दोषी ठहर गरेपछि उनीमाथि कारबाही पक्का जस्तै भएको हो । तर, उपप्रधानमन्त्री र मन्त्री नै उनलाई जोगाउन लागेपछि कारबाही कठिन भएको छ 


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रेातका अनुसार तिमिल्सिनालाई गत भदौको अन्तिम सातातिर नै कारबाही गर्ने तयारी भएको थियो 
तर, केही मन्त्रीले कांग्रेसको महाधिवेशनअघि कारबाही नगर्न
प्रधानमन्त्रीलाई आग्रह गरेपछि त्यससम्बन्धी प्रक्रिया अगाडि बढ्न सकेको
थिएन 


'अधिवेशन सकिएपछि पुनः कांग्रेसकै मन्त्रीहरूले दसैँ मान्न दिउ"m, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउँला भनेपछि पुनः यो प्रक्रिया रोकियो 
अहिले फेरि कांग्रेसका मन्त्री र उपप्रधानमन्त्री गच्छदारले निर्णय गर्दा
विवाद हुन्छ भन्दै कारबाही अगाडि बढाउन दिएका छैनन्,' प्रधानमन्त्री
कार्यालयको उच्च स्रातले भन्यो 


'कर्मचारी
भ्रष्ट भए भन्दै कारबाही गर्छु भन्ने प्रधानमन्त्रीले भ्रष्ट साबित
भइसकेका एआइजीलाई कारबाही गर्न किन हात कमाए ?' गृहका एक उच्च अधिकारीले
प्रश्न गरे 
ती अधिकारीका अनुसार सुरुमा कारबाही गर्न अग्रसर भएका प्रधानमन्त्री र
गृहमन्त्री भीम रावलसमेत हाल एआइजी तिमिल्सिनामाथिको कारबाही अगाडि बढाउन
चाहिरहेका छैनन् 


स्रोतका अनुसार गृहमन्त्री रावल तिमिल्सिनामाथि कारबाही भएपनि आफू उपस्थित नभएको मन्त्रिपरिषद्ले निर्णय गरोस् भन्ने चाहनामा छन् 
'गृहमन्त्री रावल अहिले कोरिया भ्रमणमा छन्, सोमबारको मन्त्रिपरिषद्
बैठकमा उनी नभएकाले प्रस्ताव पेस भएको थियो तर निर्णय हुन सकेन,' स्रेातले
भन्यो 




 
Posted on 10-28-10 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He must be punished not only fired.

 
Posted on 10-28-10 10:59 AM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahha title man paryo
lata ko des ma ganda tanneri

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters