पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!
Chautari (Chow-tar-ee) :(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
आज बिभिन्न कामहरूले गर्दा साँझ मात्र हाजिर हुन सकेकोमा क्षमा चाहन्छु। साहुले जोत्न भन्दा अगाडी गोरू बन्ने तालिम दिने भनेका छन्, त्यसपछि मात्र गइन्छ होला खेतमा।
चौतारीमा माउवादिको नि प्रवेश भा'रैछ, दिनभरि त ठूलै उथलपुथल भा'रैछ नि।
चिप्ले, मैले आन्ध्रे खोला तरें, अहिले अस्ति भटटट भा'को गाममा छु। म नि आउनु, भटटट नि हुनु, आम्मै!! डर पो लाग्यो त मलाइ! कस्तो बहुलाहा मान्छे होला त्यो।अनि तपाइ कुखुरा पोल्ने गाममा भन्नुभा' होइन? केन्टुक्कीतिर हो?
खै चौतारिआँ नि diurnal cycle हुने र'छ के रे । अग्गि सम्म मोर्ने गरी हँसायो, अइले सबै कता लाखापाखा लागे । लु गफ धेरै नअरम होला आज, आजआ भाग कथा पस्केँ के रे ।
भाग - ११ ---------------
मिनपचासको बिदाको समयमा धमाधम बिहेको सिजन शुरु हुने रहेछ । त्यहि बर्ष रामकिस्नेको दिदिको बिहेभोजमा कक्षाका सबै भेट हुने सञ्जोग पर्यो । रामकिस्नेले दुबै सेक्सन (ए र बि) का धेरैलाइ भोजमा निम्तो गरेको थियो । कुरैकुरामा त्यहाँ थाहा भयो, प्रतिमा र चना बाहेक अरु सबैजना स्कुलमा बिहान बेलुका कोचिङ पढ्न थालेको रहेछ । मिनपचासको बिदामा ५-५ रुपैया लिएर कोचिङ पढाउने चलन त्यहि बर्षमात्र शुरु भएको रहेछ र सरमिसहरुले नै बिद्यार्थीहरुलाइ कोचिङको लागि खबर गरेको रहेछ । तर कसैले नि प्रतिमा र चनालाइ खवरै नगरेको । दुबैलाइ साह्रै नरमाइलो लाग्यो । मोरा रामकिस्ने पनि कोचिङ जाने गर्दो रहेछ । "किन हामीलाइ खबर नगरेको? थाहा पाएको भए त हामी नि पढ्थ्यम नि ।" भन्दा खेरी "तिमीहरुलाइ थाहा छ होला, कोचिङ नपढ्ने भएरै नआएको होला भन्ठानेको हामीले त । तिमीहरुलाइ कसैले भनेन? ला !!!! क्या बोर !!!" भन्ने जवाफ मात्र पायो । कसै-कसैले चिप्लो घसेर "हामी सरहरुसित कुरा गर्छौ, भोलि देखि पढ्न आउ न है । ५-५ रुप्या मात्र हो पैसा, शुरुमा बुझाउनु पर्छ ।" भने । तर यस्तो चिप्लो बोलिले चनाको घाउमा मल्हमको काम गरेन । बरु पचाउन गाह्रो सहानुभुतिको अनुभव भयो ।
यसमाथि अर्को नरमाइलो रत्नले थपिदियो । भोजमा बिस्तारै जाँड रक्सिको मात्रा चढ्दै गयो । केटाहरु र केटीहरुको छुट्टा छुट्टै झुण्डमध्यबाट केटाहरुको स्वरहरु ठुलठुलो हुँदै आयो । अप्रत्यक्ष नामहरु लिंदै जिस्काउने र जोडा-जोडीको नाम लिदै एकआर्कालाइ उस्काउने, ठट्टा गर्ने, हँसिमजाक गर्ने क्रम चल्न थाल्यो । कतिपयले मनमा रहेको तर ओकल्न नसकेको कुराहरु रक्सिको सूरमा ओकल्दै थिए । टिल्ल मातेका तर होश नगुमाएका केटाहरुद्वारा रक्सिको सुरमा पोखेको मनको बहले बाँकिलाइ राम्रै मनोरञ्जन दिंदै थियो । त्यसमाथि "आफुले मन पराएको केटीलाइ प्रोपोज गर्न कुन चाहि बहादुरले सक्छ?" भन्दै उल्याउने र च्यालेञ्ज गर्न पनि थाले । कुन चाहिँ एउटाले टील्ल मातेको रत्नलाइ - "तैले गएर भनेर देखाइस भने म पनि भन्ने भएँ ल।" भन्दै उकासेछ । नभन्दै रत्न त प्रतिमालाइ प्रोपोज गर्ने भनेर जुरुक्क उठिहाल्यो, तर प्रोपोज कसरी गर्ने थाहा नभएका उल्लुले प्रोपोज गर्नुको सट्टा झगडा पो गरिदियो - "जिं छन्ता गुलि य: स्यूला छं? व गाँमा: चने न्ह्य:ने वल कि जिम्तला वास्ता ए याइमखु छं, वं ब्वने फ: धायेवं जिम्ता अपायसकं हेपे यायेमा:ला? स्व जिउ नुगलये ह्वाराह्वारा मि छ्वयाच्वन, स्यूला छं? का थ्व हे ऐला का जिउ पासा छंगु नामय्" - (अनुवाद: तँलाइ मैले कति मन पराउछु थाहा छ ? त्यो गाँमा: चने (नेवारी बोल्न नजान्नेलाइ गाँमा: भनेर हेपिन्थ्यो) अगाडि परेपछि हामीलाइ वास्ता पटक्कै नगर्ने । त्यो अलिकति पढ्न सक्ने भएर तैले हामीलाइ त्यस्तो हेपेको ? हेर मलाइ यहाँ छातिमा हुरहुर आगो बलेको छ बुझिस? इ, ल यहि रक्सि हो मेरो साथि तेरो नाउँमा, ल हेर ।) यस्तो भन्दै रत्नले जात्रा गरेर रक्सि खाँदै हल्ला गरेर बरबाद नै पार्यो । हत्तपत्त अरु होशमा रहेका साथिहरु र चना समेत मिलेर रत्नलाइ सुनसान केब (करेसाबारी) तिर लगेर शान्त पार्ने र रक्सिको नशा कम गराउन भोमिट गराउने आदि गर्न थाले । (पछि गएर रत्न भयङकर जँड्याहा नै भयो र रक्सिले फिट्टु भएर मोटरसाइकल चलाउँदा दुर्घटना भएर उनको निधन भयो । बिचरा ) रत्नको त्यो क्षणिक बहुलठ्टीले गर्दा सबैको अगाडि प्रतिमा तमासा बनीसकेको थियो ।
अपमान र बेइज्जतिको पीडामा ह्वाँ ह्वाँ रुँदै प्रतिमा घर फर्किएछिन । चनालाइ साह्रै साह्रै बोर लाग्यो यो घटनाले । "चना र प्रतिमा लभर" भन्ने हल्ला जतिसुकै चले पनि त्यो यथार्थ थिएन भन्ने कक्षाका सबैलाइ थाहा थियो । तर यो घटनाले कक्षाको सिमाना बाहिरसम्मै यो कुरो पोखियो । चना र प्रतिमाको नामसँग जोडिदै रत्नको हर्कत चियापसलमा हुने गफको मसला बन्यो भने चना र प्रतिमाको सम्बन्ध के रहेछ त भन्ने खुल्दुली पनि त्यस्तो गफको अभिन्न अंग भयो । कुरा गर्नेले अड्कलबाजिमा अनेक थरि कुरा गरे । घरसम्म आतेजाते भएको देखेका टोलका मान्छेहरुले त्यस्तो गफमा नानाथरी मसला थपे । बिमलले "देखिस, मैले तँलाइ पहिलेइ भनेको होइन? माम्पाखा, देखिस, बेकारमा यत्रो टेन्सन भयो अब ।" भन्यो चनालाइ । मानौ चनाकै कारण प्रतिमाको बेइज्जत भयो भने जस्तो ।
त्यसपछि चनाले प्रतिमाको घर जाने साहस जुटाउन पनि सकेन, गएर के भन्ने कस्तो कुरा गर्ने ठम्याउन पनि सकेन । बलबहादुर दाइले "जे सुकै होस गएर एकपल्ट कुरा गर । तिम्रो केहि गल्ति छैन भनेर उनले पक्कै बुझेको हुनु पर्छ ।" भनेको थियो, तर चनाले गएर कुरा गर्ने हिम्मत जुटाउनै सकेन । नशा उत्रेपछि रत्न फेरि बिमललाइ साथलिएर चनाको घरमै आएर माफि माग्यो । चना प्रतिक्रियाबिहिन थियो । चियापसलतिर हुने गफमा यो प्रसङ्ग चलेको बेला रत्न आफैले "चनाको केहि दोष छैन, म आफै मुर्ख भएको हो, केटाहरुले रक्सि ख्वाएर मलाइ बित्थामा जोस्स्याइदिएकोले यस्तो भएको हो " भन्दै स्पष्टिकरण दिदै हिडेको छ भनेर बिमलले थप्यो । तर हल्लाको तरङ्ग आफ्नै सुरमा तरङ्गिरहेको थियो । बिमलले रत्नलाइ "प्रतिमासित पनि माफि माग्न जाउ" भनेर सुझाव दियो । चनाले पनि राम्रो सुझाव हो भन्ने ठानेको थियो । त्यसको ३-४ दिनपछि यहि बिषयमा माफि माग्न रत्न प्रतिमाको घर गएछ । तर रत्नलाइ प्रतिमाको दाजुहरुले "मेरो बहिनिको बेइज्जत गर्ने?" भन्दै बेस्सरी पिटेर पठाएछन । किंकर्तव्यविमुढ चना रत्नलाइ हस्पिटलमा गएर भेट्न जान पनि सकेन । भेट्न गएर के भन्ने? उल्टै "यहि मोरो चनाले गर्दा हाम्रो रत्नले कुटाइ खायो " भन्दै रत्नको परीवारले आक्रोश पोख्ने पो हो कि भन्ने डर भो चनालाइ ।
जदौ!! राहू बूडा र चतुरेलाई कोटि-कोटि प्रणाम! ***************************************************
चौतारीमा रमाईलो भैराख्या' छ। अलि-अलि राजनीति घुसेपनि खासै फरक परेको थिएन तर हामी कहिले-काहीं बोल्दा-बोल्दै, जिस्किँदा-जिस्किँदै अलि बढीनै हुने त होईन? माथि एक ठाउँमा मलाई त्यस्तै लाग्यो। बिभाजित मानसकिताको वर्तमान नेपालको छाया यो चौतारीमा नपरोस्। कमसेकम यहाँ त सग्लो नेपाल देख्न पाईयोस् भन्ने निवेदन छ।
त्यई भन्या नि, गोताएँ! परचन्डे छिरेसि त मुलाई नि तेस्तै लाओ। अनि त बेकाराँ मैले नै तो के जाति माउवादीको पत्र धुसाएछु रमईलोआँ जस्तो ला'र हत्त न पत्त कुम्लेलाई अदालत सदालतको कुरो छोडेर लालमोहन खाम् दुर्गे आन्टीले ल्या'को भनेको। तो मज्जालाई त्यहीं सेलाउन दिए उचित जस्तो लाओ। रमईलै भो के रे, अब फेरि कुन दिन अर्कै मेसो पारेर फेरि अर्कै मज्जा गरिएला नि।
क्या नाम, अप्स् एन्ड डाउन्स् अफ आवर रमईलो चौतारी। कुम्लेलाई चईं मुरी मुरी धन्नेवाद है, रमईलोआँ साथ देको मा। नो हार्ड फिलिङ्स्, माई डियर। म्वाई खाईदिम्? :p
प्रत्यक्ष अप्रत्यक्ष रुप मा त्यो रमाइलो मा म बाट् कहिं गल्ती भएको भए क्षमा दिनु होला, आइन्दा सचेत भै चौतारिको मान मर्यादालाई ध्यान् दिने छु। अस्तु! तारेमाम्।
नंअस्ते गाम्ले साथिहरु ताअाअाअा चना प्रतिमाको दाइ को हात् बत एक् दुइ मुक्का त हजुर् ले नि खायो भनेको सुनेको थिये। हजुर् को कथा बल्ल बाल् पदिभाये। चिप्लुउुउुउुउुउु हाव् आर् यु? कहिले नेपाल बता फर्किनु भो। कतै हजुर् नि भौजु लिएरत नेपाल बत अौनु भएन।
हिजो बिहान त रमाइलो भएको थियो चौतारीमा, आज चौतारी आइपुग्दा त सेन्टी भइसकेछ। लौ के सार्हो सेन्टी भा'हो हौ पून्टे दाई? के हो त्यस्तो हार्ड फिलिङ्स भन्या? भएभरका माउबादीहरुलाई बोलाएर थर्काउनु सम्म थर्काउने अनि अहिले नो हार्ड फिलिङ्स भनेर हुन्छ र? हे हे हे!! हिजो दिनभरी सातो गा'छ आफ्नो। चौतारी आउँदा नि लुकी लुकी आइयो अनि लुकेरै भागियो! के थाहा के हुन्छ के!! :पि
यहाँ डराएर पल्लो बोर्डिङ्स् स्कूलमा हल्ला गर्न गा'थिएँ हाम्रो चने त्यहिँ पुगेर "ओइ कुम्ले माउबादीले खेदाएर यहाँ आएको?" भनेर बिजोग!! त्यहि भएर "होइन म कुम्ले सुम्ले ... ए चने!! खाइदिम तिमीलाई?" भनेर उफ्रेको त हिडेछन्! :पि
लु लु अब सिरियसै हुने भए त मैले नि भन्नै पर्यो नि हैन त? ए पून्टे दाई!! त्यस्तो केहि नि भा'छैन हौ!! रमाइलो गरेको हो है!! फेरि मलाई त तपाइँले म दु:खी हुनुपर्ने केहि लेख्नु भएजस्तो लागेकै छैन। गोताएँ दाईले त्यत्तिकै च्वाट्ट मसला हाल्देर जानुभएछ, यहाँ सबै पग्लेर हैरान!! सब सेन्टी भएर "मैले गल्ती गरेछु, माफ पाम" भनेर हैरान!! हे हे हे!!
राहुल दाई त राहुल दाई भइहाले, त्यत्तिकै सेन्टी हुन्छन् बुढा तर हाम्रा कमरेड प्रचन्ड नि सेन्टी भाको देख्दा चाँहि अचम्मै भयो।
अब कत्ति कुरो गर्ने? जति गरे नि उहि हो कुरो!!
को को आउनुभएको छ चौतारीमा, सबैलाई यो सोझो कुम्लेको जदौ!!
तारेमाम् है सबै जना लाई! बिहान् बिहान् देखि हसायो कुम्ले ले। सोझो कुम्ले रे। बिबाद् नै त्यसमा छ। हा हा हा। गोताएं गुरु ले के मसला हाल्नु भएको यो बुढोले बुझे मरी जाम्। पूण्टे दा सेन्टी भएको देखेर यो बुढोले नि केही गल्ती को लेखें कि भनेर लागो। खै के भाको के भको। तारेमाम्, ठुली, चिया खायो? प्रचण्डे , भट्टे सबैमा तारेमाम्।
पून्टे दाईको त हसियाँले ट्याटु बनाएको रहेछ लौ!! दाई आफै त्यस्तो जंकी भएपछि, हाम्लाई सोझो देख्छन् त?
ए ठुली के हो तिमी? मलाई त सोद्धा नि सोधेकी? ल ल ठिकै छ। "आज भ्वाइस मेल चेक गर्यौ कि गरेनौ?" भनेर मैले सोधिन भनेर हो? ल ल फेरि सोध्छु नि, ठुली तिमीले आज भ्वाइस मेल चेक गर्यौ? :-)
लु आज क्रिकेटमा बंगालीहरुलाई जिताम!! "बाबु मोसाए! भालो छे एकदम भालो छे"
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.