[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 163907 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-20-06 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को कस्को कस्को नाम मा हो?

कुरो बुझ्या भए मार्दिनु?

निशान्त आएपछि समिधा पनि आइपुगिन्

जे होस् चौतारी मा रमाइलो भा छ

तिरुको कथा ले गर्नु गर्यो ।
फेरि पनि जाओस् अर्को

आफ्नो मा त सुत्ने बेला भो भोलि सखारै निस्कनु छ साउकोमा

गुड नाइट !!!
 
Posted on 11-20-06 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त एउटाको मुखुण्डो निकाल्नु परो भन्या त आर्कोले पो मुखुण्डो लाएर आएछ,
चौतारीमा त मुखुण्डे भुत आको जस्तो छ है, भकुण्डे भुत त सुन्या हो मुखुण्डे भुत चहि पहिलो चोटि देखिदै छ
 
Posted on 11-20-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भन्या यामे मलाइ मेरै डुप्लिकेट् आउला भनेर पिर् परि सक्यो :S
 
Posted on 11-20-06 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड् नाइट् यामे। मुखुन्डे भुत् रे फेरि, भुत्को कुर नगर न साझ हुन लाइसक्यो घर् जानी बेलामा। sssssssssssss
 
Posted on 11-20-06 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोर्ल्द्_मप् ज्यो र पिरति, तिरु बुइनि म भन्दा ६ महिना कान्चि हो। स्कुलमा उस्को उमेर् ६ महिना घताको मेरो १ बर्स बधाको अनि २ बर्स भको।
मलै मुकुन्दे भुत् नभन्नुस्, मेरो अनुहार् तिरुको जस्तै च, हामि कजिन् हो :)
गुड् नाइट् यामे।
 
Posted on 11-20-06 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा कुरा गर्या हेरन!
ए सिम् निस् तिमि आ'थाहा पाएर पुच्चर् लुकाएर भाग्यो जस्तो छ।नत्र यहा कस्तो कस्तो कुरा गर्दै थ्यो हैन्त सान्नानि :p
 
Posted on 11-20-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaach kyaa chali raheko rahechha ni chautari maa!! aafno ta saas ferne fursad ni chhaina. Ahile off bhayera saas ferna jaanu chha.

Sams bhabie, darshan gare hai!! amaa maa maa...!! kyaa sojhi palteko hau!!

didi yasto sojhi, bahini chaahi aamaa maa maa...!!! na kura garum holaa hauuu...feri risaayera babaal holaa bhanne darr laagchha... :P

Have nice one :-)
 
Posted on 11-20-06 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oie kums koslaai ....bahini chaai aammaammaaa bhaneko huh :D ? huh ?huh ? sams ta nayaa bhaera sojhi paltea ko ni hau ...:P
ani chha ni saas chaai sabai kaam sakera maatra fernu ...natra ekipatak weekend maa dhukka le ferndaa ni hunchha hau ....:p
 
Posted on 11-20-06 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुदै छ?
समिधा पो???!!! कति खोजे मैले तिमिलाइ कहि भेत्या हैन:)
नमस्ते अरे है सप्पैलाइ.
:D
 
Posted on 11-20-06 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले देवर् दर्सन् गरे मैलेपनि हजुर्लै। ज्युनार् गरिस्यो? क्यर्नु मेरि बुइनिपनि रामृ थि, याहा आएसि बिगृचे। निसपनि बिग्रेच। हजुर् किन दराउनो भको मेरि बुइनि सङ? नदराउनुस् म सम्झौछु। :)
मिस् मलै किन खोज्नु भको? कृपया निस् लै खोज्दिनुस् न मेरो लागि। मैले सम्झिरको चु भन्दिनुस् न निस्थुरिलै।:(
 
Posted on 11-20-06 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु :)

गोताएँ के भनेओ हो गाँठे! हन क्यार्न सराप्दाहुम। चौतारिआँ सधैँ आम्ने दौँतरि नदेखेर गालउलाई सोधैओ पो त।

के हुन लाएको हो चौतारिलाई? हुँदा हुँदा समिधा नि आइछिन्।
समिधा नानु हन तिमि कस्ति सोजि देखिन्छेउ कसरि जोडि मिलेओ हँ तो निशे सँअ?
 
Posted on 11-20-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै नमे कता लाएछ , चौतारि चिन्नु पर्ने अर्को।
 
Posted on 11-21-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है सबै गाम्ले लाई ।
को को हुनुहुन्छ अहिले चौतारी मा?

म त यो सान्स र निस्को कथा ले अल्लमल्ल पो परेँ त। बुझ्नै गार्हो । मुखुन्डो लगाउने हरु ।
 
Posted on 11-21-06 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै जना फ्वाँ फ्वाँ निदाइरा' बेला परो। नमस्ते गरे नि कल्ले पो फर्काउला र खै!!
 
Posted on 11-21-06 12:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते फर्काउदैनन कि भुनेर चिन्ता नअरे हुन्छ गलाव । म फर्काइहाल्चु नि
नमस्ते!!!
:)
 
Posted on 11-21-06 12:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या दामी नऽऽऽऽऽऽऽऽऽऽऽऽ दामी हमजायेगा शो गई रा'को रईछ कि, मेरो त हाँस्दा हाँस्दा मुखै चेतेर कानमा पुग्योन्त!

दमिनी बोजुले सि'दिन्छ होला कि, धोबिनी आन्टीलाई सोध्नु पर्यो।

सबको आँऽऽऽऽऽच आँऽऽऽऽऽच सुन्दा सुन्दा टट्स् नै आयो कि, मो चाई आबो पाईखाना तिर लागें ल, सोमहरु?

आबो चाईं टोपिकमा चेन्ज हान्नु पर्ला छ कि, नत्र फेरि सबको भेजा फुस्केर चौतारी त पागलखाना भा'को रेन्त! अब्बुईईईईईईईईईईईईई!
 
Posted on 11-21-06 12:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आऽऽऽऽच नि ब्रो गालउ एन्ड सिस शुभ्स्, म तो वाक्क दिक्क प्याक्क भैसकेँ नि होउ यो आँऽऽऽऽऽच क्रान्तीले । निस् र श्याम्स कथा का पात्र त वास्तविकता मा पो आएछन् त होउ?

क्या गार्हो त्यस्तो भाषा लेख्न त । म त आफनै स्टाइलमा लेख्छु । हे हे :-)

तर के लेखम् ? चौतारीमा म नयाँ त होइन तर लेख्न नजानेर पढन्दास भएको के, चौतारीको ।

'लेख्छन् कोर्छन,
लेख्छन् कोर्छन,
बिचरा भूपी शेरचन

होइन होइन,

लुकाउँछन्
मनका रहर,
बिचरा चेतारीका साइलेन्ट रिडर ।

अथवा,

गाउँलेको रहर
चौतारि चारै प्रहर

हो कि?

पिउँदा रम
याद आए गाम,
चौतारि जाम ।

माफ पाम
 
Posted on 11-21-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai laai mero jadai,
ma chai twaaaaaaa, kolley k bhaneko bujhey dekhi marijaam la. Aba nepali maa kina nalekheko bhanera chai nasodham...mero font nai haraayo :( :(

aba, yetai bata dhaako ko tuppo samaatnu parla jasto cha. La hai mailey pani aba chai tuppo samatey, yo dhaago ko.



harkeDai :-)
 
Posted on 11-21-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म किन यस्तो बोल्छु?
केहि बिस्मात
केहि रहर
केहि आशा
एकै ठाउँमा मिसिएको
तितेकरेलाको अचारमा चिनिको मसला जस्तै

म किन यस्तो सोच्छु?
'म' का
अस्पष्टताका
विकर्षणका
असामाजिक तत्व भरिएको
जङ्गलमा हुर्किएको वाँदर जेस्तै

म किन यस्तो गर्छु?
एक्लो
निरास
सुस्त
मनोबल गिरिसकेको
जालमा फसेको माछा जस्तै
 
Posted on 11-21-06 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि ल ब्रो एन्ड सिस,
आज लास्ट रड्डि भै रा' छ के ।

बरु सुत्नु बेश होला
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters