[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 * चौतारी ~ ३५ *

[Please view other pages to see the rest of the postings. Total posts: 356]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 195629 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-02-06 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* चौतारी ~ ३५ *



ल है गाम्ले हो म पुरानो मिस्त्रि नमे यस पटक चतारीको ढुंगा कुद्दै टुपुल्किएको छु। जाडोले खोल्तीमै हात छन केरे,तेइ पनि नमस्ते टक्राय नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,रिकुटे,बिनोदे , याक्कु,मर्र्नच्याँसे,सुभे, राधा,हिते,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा,पिरो मरिच,परबर् ,राते,जग्गे,कटरिना,रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टेलाइ ।

मान्छे जति दंग परेर हात, टाउको हल्लाउदै हिडे पनि सबैको आड मेरुदन्डमानै हुन्छ नत्र त गडेउला जस्तै भुइमा लडिबुडि खेल्दै हिड्नु पर्थ्यो । हुन त पुन्टे दाइ कैले काहि धोबिनीका तेसरीनै च्यात्तेको पटीकोटा लडिबुडि खेल्लछन,त्यो त तिनपानेले गर्दा हो । नत्र बिर्खे बुढा त लठ्ठी टेकेर भे पनि दुइ खुट्टाले हिड्छन,पुन्टे दाइ त कपाल झरे नि
तरुनै छन,किन तेसो गर्नु पर्थयो र ? साझा देशमा कति धागा आए,कति गए, साझाकै मान्छे गन्ने भने नि नेपालको जनसंख्या भन्दा वढि होला तर मेरुदण्ड भएका चाहि औलाले गने हुन्छ । अझ साझाका धागोको कुरा गर्ने हो भने त ती कति कच्चा कि,प्याटै चुडिन्छन
सानो तिनो बलले । यो चौतारी चै दिन दिनै बिलियो हुदै गयो,मैले त राम्रो संग भेउनै पाउन सकेको थिइन गाठी कुरो के भनेर मिसले भनेर पो थाहा भो
"हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता"।साझाको ३४ धागोहरुलाइ एउटै वाक्यले ब्याख्या गर्ने हो भने त्यो भन्दा अर्को उपयुक्त के हुन सक्ला ? अब त चौतारी यति बलियो भएको छ कि, बामे सर्दै, ताते ताते गर्दे , दौडने भइसक्यो । झन चाड, पर्व थपिदा
त कति रमाइलो हो कति ? यस पटक त मुकुन्डे जात्रा पनि हेर्न पाइयो क्यारे । अब चाइ के हुने हो कुन्नि? रमाइलो गर्दा कैले काही कसैलाइ चोट पुग्न गयो भने चहि
रड्डिज हुने के निस ब्रोलाइ जस्तै । अन्त मिसले क्या घुर्कि देको के ।
ल है समिधा नाच्दा यसो ख्याल गरे,यता उता लात्ति लाग्ला है । तर यसो तल माथि परे नि तेसलाइ मिलाउदै लानु पर्छ नत्र यत्रा इन्जिनियरको के काम,कसो कुम्ले काजी ?
चौतारी महोत्शब सकिए पनि चौतारी सम्मेलनको चाजो मिलाउदै हुनुहुन्छ के रे पुन्टे दाइ । म त मिले मुन्टाले टेकेर भए नि आउने सुर कसेकको हो गालबले चाही अमेरिका गाम तिर आउदा मेसो छोपेर यसो सानो तिनो फोन सम्मेलन गरिहाले । जे भए नि यो सानो फुलबारीमा मित्रता र आत्मियतालाइ माथि धकेल्दै गरम,यसलाइ आफ्ने बनाम,बिचैमा चटक्कै छोडेर हामिलाइ टुहुरो बनाउने काम चाही नगरम ।

 
Posted on 12-05-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnaani,
not a bad idea, check your inbox hai!!
 
Posted on 12-05-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-06 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तिमी ले ठीक बनेउ । आज मलाई साचै नै not lekhna वीरस्ने रोग लागो को छ । आज म झाक्री बाको मा नगै भाछैन ।
 
Posted on 12-05-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache did u send me mail.
 
Posted on 12-05-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो बल्खु गाम्मा बुढापाकालाई बोल्न रोक लाईद्या हुन् कि के? जत्ति खोकेनि प्याट्टै छिर्दैन बा ठाम्मा! ३-३ फेर घरि घरि टाईप अरेर सब्मिट् गर्छु, आम्दैन आफुले लेख्या कुरो त! :s

लौ त नि, हेपे के रे बुढालाई बल्खुमा, अब मेरो कुरा यतै राख्छु:

"भन्ने कुरा सबै अरुले भनि सके, म चईं सहमति ठोक्दै मुसुक्क हाँस्छु मात्र! :)"

त्यो थियो ग्वाँचेलाई।

अब स्नान र पुजा सकेसि पिरती बुईनीको कथातिर नजर हालम्ला।

सबैलाई जदौ!
 
Posted on 12-05-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्ते दाई नमस्ते । तपाईंलाइ मैले चित्रेलाइ दिन्दिनै एउटा चिट्ठी लेखिदिनु भनेको थिए बिर्सनु भो कि क्याहो । लौन गाम्को गाम्ले लाइ कस्ले बोल्न रोक लादेको हा । म नि बोल्दिन जे भएनी आफ्नै चिमेरिहरुको सुप्पोत गर्नै पर्‍यो ।
 
Posted on 12-05-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्खु गाम्मा
 
Posted on 12-05-06 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टेदाई, त्यो बल्खुको कमेन्ट blog owner ले approve गरेपछि मात्र देखा पर्छ, कुराकानीमा जस्तो एकैछिनमा आउँदैन। अब ग्वाँचेले approve गर्यो भने तीनवटै आउलान् नि त।

अनि तपाईको १६ वर्ष अघि पाटनमा भएको 'लभ'को बारेमा पनि केही प्रकाश पारिदिनु हुन्थ्यो कि? :P ;)
 
Posted on 12-05-06 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त मित्रहरु म शयन गर्न लागें
 
Posted on 12-05-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(काम्दै) हूSS हूSS हूSS

हे SS मनुवा SS! मलाई SS बाडुली SS लागेर SS आयोSS। कुरो SS के SS रैछ SS भनेर SS चौतारीमा SS आएको SS त ठुल्बैनीले SS सम्झेकी SS रैछन्SS।
हे SS मनुवा SS!! यो SS ठुलीको SS रोग SS आज SS दिनभरिमा SS निको SS भैहालोस्SS! ठुल्बैनीबाट SS अल्कति SS जाँड SS र SS एउटा SS कालो SS कुखुरा SS आएको SS खन्डमा SS अहिले SS नै SS निको SS भैजाओस्SS।
ल SS म SS फुकी SS दिन्छुSS फूSS फूSS फूSS!!!

(अँझै काम्दै) हू SS हू SS हूSS
 
Posted on 12-05-06 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-05-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाह चलेको सुन्दै कुलै कुलो तेर्सिदै थ्यो टेके। बादलको सिरक ओडेर गुटुमुटु सुतेको थ्यो आकास् जुन ताराहरु सङै। अस्ति पानीले भिजे देखि टेकेको साइको ५ लाइ रुघा लागिरथ्यो र घरमै थ्यो। कति बज्यो कति उ एक्लै भुत्भुतायो --- गोठ तिर एक्कै छिन् पुगेर आउनु पर्यो भन्दै थ्यो पानी कुलोमा घटेको जस्तो लाग्यो उस्लाइ --- कुन् चै हैजाले लान नसक्याले पानी मार्यो फेरी --- चार गरा जति अरु बाँकि नै छ आफ्नो ---घुम भित्र ज्यान् राखेर टेके भोर्ले खोलो तिर फतफताउँदै गह्रौ पाइला चाल्न थाल्यो – त्यो खोलाँ टेकेलाइ पैलै पनि दुइ तीन् चोटी तर्साइ सक्याथ्यो --- अस्ती त यत्रा यत्रा भैसि बसि रा रान् त्याँ खोल्साँ आधा राताँ सम्झिदै टेक्या ज्यान् सिरिङ्ग भो --- फेरी नजिकै पुग्दा एउटै भैसि थिएनन् खोलाँ ढुङ्गा मात्रै --- उस्लाइ तीँ ज्वोरो आउला जस्तो भैसक्याथ्यो ---

टेकेले दरो सङ्ग टर्च समात्यो --- सकि नसकि बल्दै गर्या टर्च लाइ झट्कार्दै टेके बोल्यो – येइ बेलाँ कुइया बेटरी सिध्धिन लायो फेरी --- गीत् गाउदै हिनम् कि भनेर गाउनै आँट्याथ्यो फेरि जाना जान् भुतलाइ म आउदैछु लौ आइलाग् म माथि भन्या जस्तो हुनि हो कि भनेर हच्कियो --- पानी कुलोमा निक्कै घटिसक्याथ्यो --- खोलो तिर नगै सुखै थिएन – जाँदैथ्यो ढक्क छाती फुल्यो टेक्या ---

राम् राम् राम्! सेतो एउटा मान्छे जस्तो के हो त खोलो पारी ठिङ्ग उभिराछ बा! आँखा चिम्लियो डरले र भटा भट दुइ चार् वटा देउ देउता बोलायो अनि परेवाको भाकल हाट डाँडाकि देविलाइ राखेर यस्सो आँखा खोल्या त खोल्सो पारी कोइ छैन --- खोल्सो भने गड्गडाकैथ्यो --- अलिकति सास् आयो टेक्या –

खोलाँ पुघ्नु अघीको घुम्ती लिएर टेके यस्सो के अगाडी बढ्याथ्यो अघिको सेते भूत त झ्वास झ्वासती अफ्नै अगाडी – टेके चिच्यायो --- भूत पनि – कोलाहल् भो एक् छिन् त--- भुत् भन्या त हस्ते र छ – बर्खी बारीरथ्यो हस्तेले --चिन्जान् भो – यत्रो ढुङ्गो ले कुलो लडाछ --- टेकेले काधाँ बोक्या कोदालो ले छ सात चपरी काटेर कस्यो कुलो।

"काँ पुगेर मरीस् ए हस्ते यो रातीहुँदी एक्लै ---?" टेके ले मत्थर् हुदै गर्या मुटु प्रति सन्तोस् गर्दै सोध्यो।

"काँ हुन्थ्यो तेइ गैराको पुर्नेकाँ -- एक्लै त के अब रामरी गैगो माथ्लो बाटो" -- जवाफ् दियो हस्तेले।

"को गयो अरे रामरी माथ्लो बाटो?" टेकेले बुझेन।

"रामरी हौ --- रामरी गयो क्या माथ्लो बाटो—"हस्तेले बुझाउन खोज्यो।

“तेइ त को रामरी गयो?" टेके ले अझै बुझेन –
"हत्तेरिका! रामरी हौ पन्डितको भानिज् – बराल क्या—बुझायो हस्ते ले।

"ए --- अनि रामहरी भन्नु पर्छ नी त” बुझ्यो टेके ले नी।
“तेइ त रामरी त भन्दै थेँ त अघि देखि “ हस्ते नि अड्यो।

"अनि को पुर्ने काँ गा? बुडाथोकि?" टेकेले सन्का गर्यो।
‘हो” हस्तेले पक्का गर्द्यो।

"त्याँ त आज धामी बस्या थ्यो क्यारे नी हैन? उता जोर् डाँडाको नामी धामी बोलाइरथे भन्या सुन्या थेँ” टेके लाइ नि थाहथ्यो।

"अँ, धामी त नामी रे – दुइ जना सघाउने त उसैले लेर आइरथ्यो।" हस्ते ले भन्यो।

"त्यो धामीलाइ त पैला केटाकेटीमा बन्झाँक्रीले लग्या अरे – तिन् मैना राखेर के के सिकार पठा रे भन्थे – दुइ तिन् बर्ख त बोलेन रे त्यो त – अचेल् त दरो धामी भैगो नी --- अझै जान्छ रे ओडार् हुँदी भन्ने सुन्या हो मैले त ---" टेके ले आफुले सुनको कुरो गर्यो। दुइ जनै कुरो गर्दै कुलै कुलो ओर्लिए।

“सुन्या त मैले नी तेस्तै हो --- कस्तो काम्दो र छ हौ त्यो धामी त – आमामामा --- घरै बुरुक बुरुक पारो अनि एउटा त गजै भाँचो हौ ढ्याङ्रो ठोकदा ठोक्दै---ठ्याङ्रो नी कत्रो थ्यो फेरी तेस्का बाउको टाउको—धन्न अर्को नी ल्या रे छ गजा र फेरि ठटाउन थालो --- अन्त ठटाउँदा ठटाउँदै कपालको गुजुल्टो निकाल्यो – "

गुजुल्टो निकालो अरे? टेके जोस्सियो।

"अनि के त?" हस्तेले थप्यो।

भैसिलाइ तेइ कागती खर्कको डन्किनीको छया पर्या रे भन्थ्यो --- तेइ गुजुल्टो बाट तानेर निकाल्दिन्छु तर थान्मा लगेर ऐलेइ एउटा बोका र भाले रेटी हाल्नु भनो कि अनि तेल्ले ल्या मान्छे ले पुर्न्या घराट बोका र भाले लिएर कुदे कगति खर्क तिर– पुर्न्या भाइ के कुले --हो कुले नी गयो सङ् सङै ----- धामी ले त जोड चर्तिकला गरो हौ राती—हस्तेले सानो बयान् गर्यो घटनाको। “

"तान्यो त डन्किनीलाइ त्यो गुजुल्टो बाट?" टेके निक्कै उत्साहित् भो –

"तान्छु भनेर त काम्दै उफ्रया उफ्रै थ्यो त भन्दै छु त ---" हस्तेले थप्यो।

"अनि किन हिन्या त तँ बिचैमा?" टेके छक्क पर्यो।

“अब धामीलाई हान्नी भन्दैथे ---भैसि मरी सके छ गोठाँ अनि अनि साछीमा पर्न के बसि रनु त नी?” हस्तेले बिसायो।
 
Posted on 12-05-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइले फटाहा कुरा गर्नु भे छ, तीन चोटि कमेन्ट पठाएँ भन्दै हुनुहुन्थ्यो, दुई चोटि मात्रै रैछ । (जोक्स अपार्ट) धेरै धेरै धन्यवाद पुन्टे दाइ, तपाईंले चिल्लो तालु टल्काएर मुसुक्क हाँस्दे मात्रै पनि हामीहरुलाइ ठुलो हिम्मत बढ्छ, फेरी पनि लेखौला, मुस्कुराएर मात्रै पुग्दैन, कमि कम्जोरी पनि औँल्याइदिनु होला है ।

चित्रे ब्रो, ब्लग को बारेमा पुन्टे दाइलाइ इन्फ दे को मा मेरो तर्फ बाट धन्यवाद!

निस् ब्रो, तिम्रो बारेमा पनि एउटा आँssssssच को कथा ओकल्ने बिचार छ, केइ दिन पछि है, फेरी त्यो त साँचो कहाँनी हुन्छ नि, हाम्ले हाँडिगाउँमा भेटेको सोमहरुको!!

हरि, हाम्लाइ नि जापानी अक्षर, कागले छेरे बराबर नै हो, केइ बुझे मार्दिनु !!

गालब्, गुड नाइट्, स्वीट ड्रीम्स्!

ठुलि, नाउ यु क्यान चेक योर मेल!

अब सान्न्नानीको experience पढ्नु परो, एक छिन बिदा पाम है!
 
Posted on 12-05-06 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL सुन्या हो, धामी काईंला? हान्दिन्छम् हामी सबै गाम्लेहुर मिलेर फेरि! यसै त जतिखेर नि काम्नि हाँरो धामी काईंला, अब हान्दिनि कुरो सुनेर त झनै एक्सप्रेस काम्नि होला। अगि सम्म थर थर काम्नि, अब त थर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रररररररररर! :p

पिरती बुईनीको कथा पढेर हाँरो नजिकै को स्याङ्जाली बन्धुले अस्ति न तास खेल्दा गा'को गीत याद आयो के:

६ ईन्चीको हिल लाईछौ बेसन,
चिन्नै नसक्नि आएछ फेसन!

साँच्चै बरु, बेलाँ बुद्धि आइन छ के रे, नत्र दुलहीलाई कुनाँ बाँधेर आफैं दुलही बनेर डोली चढ्या भे त धुलिखेल सम्म आईपुग्थ्यो कि? अनि त्याँट ट्याउसि चढेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप "दुलही"! हुन त तो पिन्सिल हिललाई हाताँ बोकेर हिँड्दा नि हुँदो के रे, तर फेरि खुट्टाँ लाउनि कुरो हाताँ लाउनि कस्तो आईच फेसन भनेर गीत गाउलान् अरुले भन्ने पिर परो होला!

खाना त जसो तसो खाईदिए हुन्थो के रे, पाउना भे'र गएसि। एक छाक मीठो-नमीठो, फोहोर-सोहोर भएनि खाँदा ज्यानै त जान्न थो होला नि! कठै, उनेरुले नि नमीठो, फोहोरै ख्वाउँछम् जन्तीलाई भनेर तेस्तो त गरेका होईनन् होला के रे, जे छ, जे भ्याउँछन्, जसरी जान्या छन्, तेई गरे होलान् नि!
 
Posted on 12-05-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्याँ दुई फेर, य्हाँ एक फेर गरेसि तीन फेर भएन त, ग्वाँचे? :p
 
Posted on 12-05-06 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, कथा दामी छ, कस्तो मायाँ लागेर आउने बिचsssssssरा! च्वु! च्वु!! च्वु !!!
 
Posted on 12-05-06 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाsssssssssssssssइ
 
Posted on 12-05-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gwache i got ur mail. thanks i m sure u got my reply too.
 
Posted on 12-05-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै बरु, बेलाँ बुद्धि आइन छ के रे, नत्र दुलहीलाई कुनाँ बाँधेर आफैं दुलही बनेर डोली चढ्या भे त धुलिखेल सम्म आईपुग्थ्यो कि? अनि त्याँट ट्याउसि चढेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप "दुलही"! हुन त तो पिन्सिल हिललाई हाताँ बोकेर हिँड्दा नि हुँदो के रे, तर फेरि खुट्टाँ लाउनि कुरो हाताँ लाउनि कस्तो आईच फेसन भनेर गीत गाउलान् अरुले भन्ने पिर परो होला!

खाना त जसो तसो खाईदिए हुन्थो के रे, पाउना भे'र गएसि। एक छाक मीठो-नमीठो, फोहोर-सोहोर भएनि खाँदा ज्यानै त जान्न थो होला नि! कठै, उनेरुले नि नमीठो, फोहोरै ख्वाउँछम् जन्तीलाई भनेर तेस्तो त गरेका होईनन् होला के रे, जे छ, जे भ्याउँछन्, जसरी जान्या छन्, तेई गरे होलान् नि!
 
Posted on 12-05-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् सान्नानि म त हास्या हास्यै भए तिम्रो कथा हेरेर ...मस्ति गरिछौ नि हाहाहा :D
मलाइ नि त्य्स्तै भाछ ल। म नि एउटा माथि नारायन् थान् भन्दा नि माथि को गाउ मा गा'छु बिहे खान कहिले नि पुग्या थि'न खासै अन्दाज् नि गरिएन छ ट्याक्सि पुग्न चै पुग्ने भए नि बिहे घरसम्म पुग्न लाइ चै अलिकति उकालो खेत् बाट हिडनु पर्ने रे'छ अब तिमि हील् लाउने लाइ अन्दाज् भयो नि होला कस्तो भयो भनेर हेहेहे ...अनि अर्को fun चाइ खान लाइ हाम्रो पालो मा स्पून् सकिएछ , प्लेट् मा खाना लिएछि थाहा भयो लोल् धेरै बेर् पर्खिदा नि ल्याएनन् है अनि न भकाभक् हात ले दिनु न के गर्नु है जे भए नि त्यस्तो ठाउ मा हात् ले खान् नि मिलेन ,खाना छोडेर rude हुन पनि मिलेन अनि केटि हरु ले आइडिया निकाले ...त्यो सलाद् मा भा गाजर् काँक्रा को टुक्रा ले(स्पून् जसरि ) एक् एक् गास् खाने .... त्यसरि खाएको र टाप् कसेको। ऐले त सम्झिदा कस्तो रमाइलो लाग्छ ।:D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
2020 : Why No Trump !
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters