[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 ऊनि , म र पौल्सर
[VIEWED 9846 TIMES]
SAVE! for ease of future access.
Posted on 01-04-08 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्राफिक  सिग्नल जस्तै थियो उनको लिपस्टिक पनी, परै बाट रातो ! किन दल्छन् केटीहरु यती धेरै लिपस्टिक ? कृत्रिमता, कृत्रिमता अनी मात्र कृत्रिमता !!! म छक्क पर्छु !
"अहो मनोज सर, आरामै ?" उसले म कुर्सिमा बस्ने बित्तिकै अनायासै मुस्कुराउँदै भनी । अहँ तिमीलाई देखे पछि फेरी मेरो ब्लड प्रेसर बढ़न थाल्यो भन्न मन लागेको थियो तर सकीन ........
"हेर्नुस न हिजो भर्खर काभ्रे फिल्ड पुगेर आएको, खुट्टा सुन्नीएर मेरो त बिजोग भयो नी मनोज सर!" उसले मलाई फेरी पनि बोल्ने मौका दिईन ।पेशा ले उ एउटा इन्भाइरोमेन्टलीस्ट र म इन्जीनीयर । उसलाई जती फिल्ड जाँदाको अनुभव छ, मलाई पनी छ ! तर पनि उसले सुन्निएको खुट्टा देखाउन मलाई खुट्टा तेर्स्याइ, किन हो थाहा छैन........
"स्यान्डल राम्रो छ !" म सीधै पोइन्ट म आएँ, आखिरमा उसले खोजेको पनि त्यही हो क्यारे ! अनी मलाई काम पनि त गर्नु छ ।
"हेर्नुस न मेरो वहाँ ले अस्ती मेरो बर्थडे मा गिफ्ट दिनु भएको तर मलाई त कलर मनै परेन, धन्न मलाई जे पनि सुट गर्छ र मात्रै !"
कस्तो ओभरकन्फीडेन्स, म मनमनै मुस्कुराएँ ..........
"शीला मलाई थोरै काम गर्नुछ, एकछीन पछी गफ गरौंला नी हुन्न ?"
"हुन्छ नि, किन नहुनु !"
शायद उसको मसंग को गफ को कोटा सिद्धिएको थियो, आजलाई ! म काम मा ब्यस्त भएँ, ऊ भने अर्को कुनै कुर्सी चाहार्न तीर लागी, अर्को श्रोता को खोजिमा..........
"मनोज सर, आज त निकै चीटीक्क परेर आउनु भएछ नि ! भाउजुले धेरै मेहेनत गर्न थाल्नु भएछ अचेल तपाईको सरसफाइमा ! कान्छी ल्याउनुहुन्छ भन्ने पनि डर नभै ......"
"किन तिम्रो बुढो झुम्रे भएर हिंडछ र ?" मलाई झनक्क रिस उठ्यो, थाहा छ मलाई, म अली कालो छु, थोरै होचो छु, तर पनि के एपियरेन्स नै सबै कुरा हो र ?
"होइन रिसाउनु पो भयो सर त ! मैले त जोक मात्रै गरेको ! तपाई सारै सिरीयसली लिनु हुन्छ क्या कुरा ! "
कति बोल्छे बोल्छे यो ! बुढो त पक्कै बहीरो होला !यस्ता केटी हरु tolerate गर्न बुढो बहिरो हुने पर्छ !
"अनी हिजो सपींग मा के के किनियो त ?" मिले हिजो उसलाई सपींग मॉल मा भेटेको थिएँ, एक्लै थिइ । किन नहोस, उसको सपींग देख्द्दै सातो जन्छ होला बुढोको ! एलिजाबेथ की बहिनी, हरेक कुरा इम्पोर्टेड चाहिन्छ ।
"होइना हिजो त वहाँ को लागी मत्रै हो किन्न गएको !"
"वहाँ को लागी किन्न गएको, वहाँ नै हुनुहुन्न थियो त !" म हाँसें, पहिलो चोटी उसलाई गिज्याएर हाँस्न पाएको, कहाँ छोड्थें र म !
"होइन, हिजो बीजी हुनुहुन्थ्यो क्या !"
"सेक्रेटरी संग ?"
"छ्या ! कस्तो सोझो हुनुन्छा वहाँ !तपाइँ जस्तो हो त  "
मलाई थाहा छ केटाहरु कस्ता हुन्छन्, मलाई पनि मेरी श्रीमती सोझो नै सोच्दी हो !
"आज नि मनोज सर, म साह्रै खुशी छू !"
मानौँ उसको सुख दुख सुन्ने मैले मात्र ठेक्का लिएको छु । गएर रामेलाई बहाना भन न भन्न मन मन लाग्यो, तर सकीन ।रामे लाई पनी कहाँ फुर्सद होला रा हाकिम लाई कहिले चिया चाहिंछ कहिले के कहिले के 
"किन नी ?" अनायासै मेरो मुख बाट प्रश्न फुत्कियो ...
"मैले सोचेको थिएँ, बिहे पछी प्रेम कम हुन्छा होला भनेर तर आज हामी नगरकोट जाने, डेटींग मा !"
जोइटीङग्रे मोरो काम छैन, कहीं नभाकी त्यसकी बुढी !
"अनी हाकिम ले छुट्टी दिए त ?"
"आजलाई !"
दिइहल्छ नि, मुसुक्क हाँस्दी होला किन नदिनु ? ऊ बहिर निस्की, मैले झ्यालबाट हेरें, पौल्सर बाइकमा चपक्क टाँस्सिएर दुबै जना हुईँकिए ।
घर पुगने बित्तीकै श्रीमतीले सोधीन, "कस्तो गलेको जस्तो देखिनु भाको ! काम धेरै थियो हो ?"
"अँ, त्यस्तै त्यस्तै, गाड़ीमै गलें, अबा इन्स्टलमेन्टमै भएपनि एउटा बाइक चै किन्नु पर्ला !"
"ए, ल एकदम राम्रो बिचार, साँची कुन किन्ने ?" उ साँच्चै खुशी भई ।मैले चपक्क टाँस्सिएर दुबै जना हुईँकिएको समझिए ।
"पौल्सर नै ठीक होला नी होइन ?" म संग किन पौल्सर ठीक त्यसको भने जवाफ थिएन ।
 
Posted on 01-05-08 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great work! dherai ramro raicha. ani pulsar kinnu bhayo ta, fuccheketo Ji?
 
Posted on 01-05-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो!
 
Posted on 01-05-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुल्सार सुल्सार भन्दा, चईनि, हिरो साईकल राँरो। पुल्साराँ पछाडिऽट ऊ मत्र टाँसिन पाउँछे, साईकलाँ अगाडि डन्डीआँ राखेर आफू टाँसिन पाउँछौ!

कुरो नि एउटो। विचार अरे। सस्तो नि हुँदो हो।

कथाको फुलो चईं मज्जाको ला'गो।


 
Posted on 01-05-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मु त पुल्सर किन्ने सोचाँ छु । मुगो, साह्रौ मुगो, डुलिकेट पाईये नि हुने , खासाले पुल्सर बनाँ छैन भन्याँ।।। रंङ चै कालो है ।।।।।।

 

मध्यमबर्ग माथिको सामजिक प्रभाव र त्यसले उब्जाएका वैचारिक उथलपुथल लाई जिवन्तता को साथ उतार्नु भएको मा बधाई छ ।

लेख्न र टाँस्न नछाड्नुहोला ।।।


 
Posted on 01-05-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो पुल्सार भन्या के हो?
हामी ले उहिले गाउंमा राजदूत बुलेट हुंिक्याउंथ्यौ। पछी काठमान्डौंमा होन्डा हांकियो।लालाबाला भए पछी बजाज चेतकमा झरियो।
पुल्सरको फोटो कसैले राखे त दर्शन गर्न हुन्थ्यो नि।

 
Posted on 01-05-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो!
 
Posted on 01-05-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो, मिठो कथा। रमाइलो लाग्यो यो पनि। अरु पनि जाओस।
समरमा घर गएर पल्सर कुदाको याद पो दिलायो त, हजुरको कथा ले। तर आफ्नो त अभागी पल्सर, सधै एक्लै कुदनु पर्ने।
 
Posted on 01-05-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo,

Really a great work!!! very nicely written and so true. Thank you so much for sharing

हजुरको हरेक वाक्य ले हसायो। धेरै नै राम्रो रहिछ हजुरको प्रस्तुती।

Dipika


 
Posted on 01-05-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो, अर्को राम्रो प्रस्तुति। मेरै कथा जस्तो पो लाग्यो। उहिले उहिले कोहि कोहि मलाइ नि मनोज भन्थे, हे हे।
 
Posted on 01-05-08 6:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो!

 
Posted on 01-05-08 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awesome story .pls keep it up fucheketo
 
Posted on 01-06-08 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dherai dherai dhanyawaad yatro back upp garnu bhayekomaa............
 
Posted on 01-06-08 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

agaami lekh harumaa pani yastai maya paune apekshya rakheko chhu.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters