[Show all top banners]

Tinkune
Replies to this thread:

More by Tinkune
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राज्यको पूनःसंरचना होइन सिमीतिकरण गरौ
[VIEWED 5767 TIMES]
SAVE! for ease of future access.
Posted on 10-28-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राज्यको पूनःसंरचना होइन सिमीतिकरण गरौ

नेपालमा हिजोआज आफुलाई प्रगतिशील भन्ने र भनाउन चाहने फैशन चलेको छ । राजनैतिक दलहरुभित्र त आफुलाई अरुभन्दा प्रगतिशिल देखाउने प्रतिस्पर्धा नै चलेको छ। नेपाली जनमानसम के भ्रम परेको छ भने "प्रगतिशिल" हुनु त्यस्तै राम्रो कुरो हो जस्तो दानी हनु, सत्यबादी हुनु । "प्रगतिशिल" को उल्टो प्रतिगामी भन्ने पनि भ्रम नेपाली नेता, मीडिया र जनतामा परेको देखिन्छ । वास्तविकता के हो भने प्रगतिशिलबादको उल्टो प्रतिगामी नभई पुरातनबाद हो । "प्रगतिशीलता" बिभिन्न बादहरू मध्येको एउटा बाद हो, यसका पनि राम्रा र नराम्रा पक्षहरु छन । समाजका सबै समस्याहरू गतिलो र जनवादी सरकारले हल गर्न सक्छ वा गर्नु पर्छ भन्ने धारणा राखने प्रगतिशिलवादिहरू ठूलो र शक्तिशाली सरकार चाहन्छन । फलस्वरूप हेर्दा राम्रो देखिने यो "प्रगतिशिलवाद" सधैजसो राज्यको तानाशाहीमा गएर टुङिने गर्छ ।

यदि नेपालको बर्तमान पछ्यौटेपनको कारण राज्यको भेदभावपूर्ण ब्यवहार हो भने फेरि यही राज्यलाई पुनःसंरचना गरेर किन अर्को राजनैतिक एक्स्पेरीमेंट गर्ने ? राज्यको बनोटमा सबै जनजातिको प्रतिनिधित्व हुनुपर्ने, राज्यले स्वास्थ्य, शिक्षा र जनजीबिकाको ग्यारन्टी गर्नुपर्ने मुद्दा लिएर अघि बढ्दा हामी फेरि यहि राज्यलाई शक्तिशाली बनाउदै छौ । हाम्रा अगाडि नया सम्बिधान बनाउने अवसर छ - यो अवसरलाई उपयोग गरेर अबका दिनमा राज्यलाई शक्तिबिहीन बनाएर सम्पूर्ण शक्ति गैर राज्य निकायहरुलाई किन नसुम्पने? शान्तिसुरक्षाकोलागि प्रहरी, न्यायकोलागि न्यायालय मात्र राज्यले हेर्ने, अरु सबै अधिकारबाट राज्यलाई बंचित गर्ने ब्यबस्था किन नगर्ने ? यसको मतलव नेपाल सरकारको कर्मचारीको संख्या घटने छ र कम काम गर्नु परेपछि राज्यले उठाउने कर पनि घटने छ । नेपाल सरकारले कर्णालीका जनतालाई धान-चामल पनि ढुवानी गर्नु पर्ने छैन । कर्णालीका जनताले आफ्नो समस्या समाधान गर्न चाल्ने कुनै कदममा नेपाल सरकार बाधक पनि हुने छैन ।

गैर राज्य निकाय भनेर केलाई भन्न खोजिएको हो ? सबैभन्दा सानो गैर राज्य निकाय भनेको एउटा ब्यक्ति हो । सम्पूर्ण समाजको हित चाहने हो भने हामिले ब्याक्तिलाई सबलिकरण गर्नु पर्छ । राज्यले कुनै पनि बहानामा ब्यक्तिगत स्वतन्त्रता र उसको खुशी हुने अवसरको हनन गर्नु हुदैन । ब्यक्तिले पनि आफ्नो कामको जस उपजस आफै लिनु पर्छ - गाँजा खाएर स्कूल भागेर जवानी बरबाद गर्ने ब्यक्तिले आफ्नो दुर्गतिको लागि आफ्नो दोष स्विकार्नु पर्छ र सरकारबाट सहयोगको आशा गर्नु हुदैन । त्यस्तै अरु गैर निकायहरुमा परिवार, छर-छिमेक, मठ-मन्दिर आदि पर्छन । समस्या समाधानकालागि राज्यभन्दा यि निकायहरु बढ़ी प्रभावशाली हुन्छन् ।

पूर्व अमेरिकी रास्ट्रपति रोनाल्ड रेगनले एकपटक भनेका थिए: राज्य समस्याको समाधान हैन, आफैमा एउटा समस्या हो । उनको बिचारमा राज्यको अधिकार क्षेत्र र यसले गर्ने कामहरु सीमित गरिनुपर्छ, जनताले पनि यो निकम्मा निकायबाट धेरै आशा गर्न छोड़्नुपर्छ । राज्य एउटा एकाधिकार (मोनोपोली) भएकोले यो ढिलासुस्ति, चुहावट, रेड-टेपले ग्रस्त हुन्छ र यसले गरेका प्रायः कुनै पनि कामहरु सफल हुदैनन । सीमित राज्यले कुनै नेपाली जनजाति र दलित समुदायप्रति दुर्ब्यबहार गर्न सक्ने छैन, जनताले पनि आफ्ना सम्पूर्ण दुख-ब्यथाहरुको समाधानको निम्ति राज्यतिर आंखा लायेर हेर्नेंछैनन । आउने दिनहरुमा कुनै अर्को प्रगतिशील नेताले जनतालाई काम र माम मिलाइदिने सपना पनि बेच्न सक्नेछैन ।


 
Posted on 10-28-07 6:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजनैतिक दलहरुभित्र त आफुलाई अरुभन्दा प्रगतिशिल देखाउने प्रतिस्पर्धा नै चलेको छ।

तिनकुने जी एकदम समसामहिक कुर उठाउनु भयो, आजकाल मान्छे हरु शब्दको अपब्याख्या गरेर आफुलाइ सिपालु देखाउदैछन।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters