[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 AHA KYAA MITHO LEKH
[VIEWED 5701 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-06 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संगीत, अनुभव र जीवन



अम्बर गुरुङ


के भएर होला, कहिलेकाहीं म आफ्ना बारेमा अलिक बढी सोच्ने गर्दोरहेछु । कुनै प्रयोजन तथा आत्मविवेचन गर्नलाई होइन, त्यत्तिकै म सोचमग्न बनिरहेको हुन्छु । मैले संगीत पनि नगरेको भए म झनै 'असामान्य-सामान्य मान्छे' हुन्थेँ होला । संगीतको यत्रो लामो यात्रामा मैले गीत पनि गाएको छु र निकै गीत लेखेको छु । त्यसबाट मैले केही नाम पाएको छु । यो प्रसिद्धिको सन्दर्भमा डेनियल बेरेबोरिथमले के भनेका छन् भने 'महान् मान्छे प्रसिद्ध पनि हुनसक्छ, तर प्रसिद्ध मान्छे महान् पनि हुनसक्छ भन्ने कुनै तुक छैन ।' यो भनाइ साँच्चिकै मार्मिक र सत्य छ, त्यो अनुभव मलाई पनि हुन्छ ।
मैले माथि भनेजस्तो आफ्नो बारेमा सोचविचार गर्दा आफूले पाएका धेरै दुःख र थोरै सुखमा सोचाइ केन्दि्रत हुनेरहेछ । म बुझ्न सक्दिन, किन त्यसबेला मलाई थाहा हुँदैनथ्यो कि हरेक सुख-दुःख भोलि गएर क्रमशः विस्मृतिमा जानेछ । सम्भवतः दुःखदेखि तर्सिएर होला, म सानो भए पनि सुख पाउन खोज्छु । म दुःखलाई थालको भात र सुखलाई बटुकाको तरकारी सम्झन्छु । र त्यही सानो बटुकाको तरकारीका भरमा थालभरिको भात सिध्याउँछु । कस्तो अचम्म छ भने थालभरि तरकारी र बटुकाभरिको भात खान मलाई रूचि हुँदैन । हरेक दुःखले मलाई केही बलियो बनाएको छ । तर के त्यसले मलाई साहसी पनि बनाएको छ ? यकिन गरेर म भन्न सक्दिन । एकपटक मैले एउटा बडीबिल्डर देखेको थिएँ, जसको शारीरिक गठन यति आकर्षक थियो कि मलाई गानाबजाना छाडेर बडीबिल्डिङपट्ट िपो लागौं कि जस्तो भएको थियो । पछिबाट सुनेँ कि त्यो बडीबिल्डर मैदानमा भने एकदमै काँतर र डरछेरुवा थियो रे ! हुन पनि दैहिक शक्ति पनि अत्यन्त महत्त्वपूर्ण हो, तर त्यसमा विचारको समिश्रण भएन भने मान्छे एउटा रोबोर्टजस्तो मात्रै हुन्छ ।

अम्बर गुरुङको संगीत अलिक बढी पश्चिमेली शैलीबाट मुखरित हुन्छ भन्ने म बेलाबखत सुन्ने गर्छु । यसबारे मलाई भन्नपर्ने खास कुरा छ जस्तो लाग्दैन । कारण यो मेरो अध्ययनको विषय पर्‍यो । जस्तो कि कुनै जातिको साहित्य तथा कलालाई समुन्नत बनाउनलाई अर्को जातिको साहित्य अथवा भनुँन विश्व साहित्यको पठनपाठन गर्नु के अनुपयोगी हो र ? हो, मैले त्यही गरेको हुँ । के टाइसुट लगाउँदैमा हामी अनेपाली भइहाल्छौं ? के अमेरिकी अथवा कुनै विदेशीले दौरासुरुवाल लगाउँदैमा उनीहरू नेपाली भइहाल्छन् ? कुनै पनि जातिको परिचयात्मक विशिष्टता त बरु उसको विचार, भावना र अन्तरज्ञानमा पो निर्भर रहन्छ ।

यही सन्दर्भमा मलाई एउटा घटनाक्रमको कुरा गर्न मनलागेको छ । कुरा त्यो बेलाको हो, जतिबेला छोरो किशोर सानप|mान्सिस्कोमा अध्ययनरत थियो । त्यो बेला ब्रायन कुक भन्ने अत्यन्त राम्रो जाज पियानिष्टसँग उसको मित्रवत सम्बन्ध गाँसिएछ । ब्रायन कुक पिसकोरको कार्यक्रममा पहिले नै एकचोटी नेपाल आइसकेका रहेछन् । दोस्रोपटक नेपाल आउँदा उनी मलाई भेट्न मेरो कार्यालयमा आए । त्यसमा दुई कारण रहेछ, पहिलो-किशोरले उसको कान्छो भाइ शरदलाई पियानो वादनसम्बन्धी केही टेक्निक र दुई-चार पाठ पनि दिन भनेर आग्रह गरेको रहेछ । दोस्रो- ब्रायनले मलाई पनि भेट्न चाहेका रहेछन् ।

पहिलोचोटी नेपाल आएर बसोबास गर्दा एउटा संगीतकारको मनोइच्छाले गर्दा नेपाली संगीतबारे उनलाई जिज्ञासा जागेको रहेछ, जो स्वाभाविक हो । त्यही क्रममा कुकले मेरो नाम सुनेका रहेछन् । त्यही साँझ मैले उनलाई आफ्नो घरमा लगेँ । उनले शरदलाई केही टेक्निक बताए र त्यही क्रममा मैले उनलाई मुड छ भने केही बजाउने अनुरोध गरेँ । उनले एउटा छोटो टुक्रो बजाए पनि । त्यो टुक्राले मेरो अन्तरमनलाई यसरी स्पन्दित गर्‍यो कि मेरा आँखा रसाए । पियानोको टुल -मेच) देखि फनक्क मतिर फिरेर उनले मलाई सोधे- 'कस्तो लाग्यो यो संगीत ?'

'मेरो जीवनमा तपाईंजस्तो प्रस्तुतकर्ताको एकदम नजिक बसेर सुन्न पाएको यो पहिलो अवसर हो, तपाईंको प्रस्तुतिले मेरो अन्तरआत्मा छोयो', मैले यत्ति नै भनेँ ।

त्यसपछि ब्रायन एकछिन घोरिए र भने- 'मिस्टर गुरुङ -मेरो छोराका साथीले मलाई यसरी नै सम्बोधन गर्छन्), तर मेरो यो संगीत अमेरिकामा चलेन । वास्तवमा म स्वयम् आश्चर्यमा छु कि आखिरमा हाम्रो अमेरिकाले कस्तो संगीत चाहेको हो ? के व्यावसायिक संगीत हाम्रो एकमात्र अन्तिम विकल्प हो त ? के संगीत आत्मपरक हुँदैन र ?'

तेस्रोपटक नेपाल आउँदा पनि ब्रायन मलाई भेट्न आएका थिए । केही बेरको भलाकुसारीपछि उनले आफ्नो पर्स खोलेर एउटा फोटो देखाए, जसमा उनले सोम्ब्रेरो -मेक्सिकन ह्याट) र टाटेपाङ्ग्रे कमिज लगाएका थिए । त्यो आवरणमा उनी पियानो बजाइरहेका थिए । 'कस्तो लाग्यो यो फोटो ?' उनले एकैसासमा सोधे, जुन सोधाइमा आफैंभित्र एउटा व्यङ्गय लुकेको थियो ।

म हाँस्नै लागेको थिएँ, उनले भन्न सुरु गरिहाले- 'मिस्टर गुरुङ, म एउटा कलाकार हुँ, मनोरञ्जनकर्ता होइन । तर जीवनयापन गर्नेले संगीतकै सहारा लिनुपर्ने हुन्छ । हो, जीवन धान्नलाई म होटेलमा बजाउँछु । तर मैले चाहेजस्तो संगीत त्यहाँ चल्दैन, किनभने म स्वतन्त्र छैन । त्यसैले उनीहरू जे बजा भन्छन्, म त्यही बजाउँछु र जस्तो खाले कपडा लगा भन्छन्, म त्यही लगाउँछु । हो, नेपालीहरू हामी अमेरिकीभन्दा धेरै गरिब छन्, तर तपाईंहरूमा एउटा खुबी छ र त्यो के भने तपाईंहरू गरिबीसित डटेर जुझ्न सक्नुहुन्छ, तपाईंहरू गरिबीसित डराउनुहुन्न । हामी गरिबीसित डराउँछौं र छिट्टै धेरै धनी हुन खोज्छौं । तपाईंहरू समयलाई पर्खेर काम फत्ते गर्न सक्नुहुन्छ, किनभने तपाईंहरूमा सहनशीलता र धैर्य छ । हामी समयलाई पर्खन सक्दैनौं, किनकि समय हाम्रालागि पैसा हो । र हामीसित न धैर्य छ, न सहनशीलता नै ! टाढाबाट देखेको अमेरिका र भोगेर अनुभव गरेको अमेरिकामा ठूलो भिन्नता छ । त्यसैले मलाई नेपाल आइरहन मनलाग्छ । मौका मिल्नासाथ म नेपाल आइहाल्छु पनि, यताबाट फिर्दा प|mेस भएर फिर्छु । जबजब म निराशाको चरमविन्दुमा पुग्छु, म नेपाल र नेपालीलाई सम्झन्छु-विशेष गरेर किशोर र तपाईंलाई । म देखिरहेको छु- संगीत गरेर तपाईंहरूको आर्थिक स्थिति कहिले पनि स्थिर भएको छैन, तर तपाईंहरू निरन्तर संगीत गरिरहनुहुन्छ । तपाइर्ंहरूको साधनाक्रम अटुट र अविरल छ । हो, त्यसैले मलाई ठूलो हौसला दिन्छ र त्यसैको सिको गरेर म संगीत गर्न प्रेरित हुन्छु ।'

उनका कुरा सुनेर मेरो हृदय भित्रैबाट विदीर्ण हुन्छ । उसबेला भन्न मनलागेको थियो, ब्रायन ! तिमीले भनेको कुरामा केही सत्य अवश्य भए पनि हामीमा प्रशस्त अवगुण पनि छन् । -तर भन्नै सकिन ।) बरु उनलाई के भनेंँ भने 'ब्रायन, आज मकहाँ जाऊँ, तीतो-मीठो जे छ, सँगै खाऊँ, तिमीसँग धेरै कुरा गर्नुछ ।'

ब्रायन अत्यन्त विनित भएर भन्छन्- 'धेरै-धेरै धन्यवाद मिष्टर गुरुङ ! तर आज म जान सक्दिन, किनभने भोलि बिहानै म ट्रेकिङमा जाँदैछु र आज राति चाँडै सुत्नुपर्छ । यसपाला म लगभग एक महिनाजति ट्रेकिङमा रहनेछु । तपाईंहरूको सफा नीलो आकाशमुनि हरिया पहाड, सेता-सेता हिमशृङ्खला, अविराम बगिरहेका स्वच्छ र निर्मल खोला, सरल र सुन्दर गाउँ हेरेर म कृत्रिमतादेखि हजारौं कोष टाढा पुगिसकेको हुनेछु । मलाई विश्वास छ, यसले मलाई एकप्रकारको शक्ति सञ्चार गरिदिनेछ र त्यसबेला मेरो संगीतले एउटा नयाँ आयाम पाउनेछ ।'

यसो हेर्छु- सामुन्ने बसेको उनका आँखा भिजेका छन् र मेरो पनि । हामी भालु-अंकमाल गछौर््रं । छिनमै उनी विदा हुन्छन् । म झ्यालबाट उनी ओझेल नभइन्जेल हेरिरहन्छु र सोच्न थाल्छु- हामी विपन्नहरूले पनि सम्पन्नहरूलाई केही त दिन सक्दारहेछौं । योभन्दा ठूलो आश्वासन हालका लागि अरू के होला र !

__KANTIPUR
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters